(JAPAN) 22 nd August | 2019 | Thursday | 9:35:29 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 6:20:29 PM
 

आमाको सामान्य असावधानिले ओसाकामा २ बर्षिया बालिका १५ तला माथिबाट खसेपछि...

  POSTED ON : Saturday, 20 July, 2019 | Views : 207

आमाको सामान्य असावधानिले ओसाकामा २ बर्षिया बालिका १५ तला माथिबाट खसेपछि...


ओसाका, जापान ।

आमाको सामान्य असावधानिका कारण जापानको ओसाकामा १५ तलामाथिबाट दुई बर्षिया बालिका खस्दा ज्यान गुमाएकी छिन् ।

१५ तला माथि रहेको कोठामा ५ बर्षिया छोरा र २ बर्षिया छोरीलाई सँगै सुताएर भान्सामा काम गर्न गएकी आमाले आफ्नै असावधानिका कारण फर्केर आउँदा छोरी गुमाउन पुगिन् ।

जापानी समाचार संस्थाहरुका अनुसार झ्यालको चुकुल राम्रोसँग नलगाएका कारण ओछ्यानबाट उठेर २ बर्षिया छोरीले झ्याल खोलेर बाहिर निस्कन पुग्दा १५ तलामाथिबाट खसेको पाईएको छ ।

छोरी झ्यालबाट खसेको भन्दै आमाले प्रहरीमा खवर गरेलगत्तै बालिकालाई अस्पताल लगिएपनि बिहिबार रात ८ बजेको समयमा भएको घटनामा बालिकाको घटनास्थलमै निधन हुन पुगेको थियो ।

आयानो काजिता नाम गरेकी बालिकाको निधन भएको समयमा उनको बुवा भने घर बाहिर रहेका थिए ।