(Japan) 19 th April | 2024 | Friday | 2:40:52 AM || (Nepal) 11:25:52 PM
 
 


नेपाल एयरलाईन्स जापान उडान-भदौ १२ (अगष्ट २९)बाट ओसाका उड्न क्यानले अनुमति दियो

  POSTED ON : Sunday, 14 July, 2019 | Views : 1688

नेपाल एयरलाईन्स जापान उडान-भदौ १२ (अगष्ट २९)बाट ओसाका उड्न क्यानले अनुमति दियो


टोकियो, जापान ।

नेपालमा अनुमति पाउँदा जापानमा नपाउने अनि जापानबाट उड्न स्विकृती पाउँदा आन्तरिक कारणले उडान स्थगित भएको नेपाल वायुसेवा निगमले जापान ओसाकामा भदौ १२ बाट उडान गर्न सबै निकायबाट अनुमती पाएको छ ।

आगामी भदौ १२ गते अर्थात् अगष्ट २९ तारिखबाट जापानको ओसाका उडानका लागि नागरिक उड्डयन प्राधिकरण 'क्यान' ले उडान अनुमति दिएको हो । 

क्यानले विमानस्थल मर्मतको समयमा आधा घण्टा काम रोकेर निगमको विमान जापान उड्न दिने भएको हो ।

निगमले विमानस्थल मर्मत र उडान समय एकैसमय हुँदा काम रोकेर उडान अनुमति दिन क्यानलाई अनुरोध गरेको थियो ।

निगमको अनुरोधअनुसार शुक्रवार क्यानले नयाँ अनुमति दिएको हो ।

क्यानका महादिर्नेशक राजन पोखरेलका अनुसार निगमले पठाएको पत्रका आधारमा सरकारी स्वामित्वको निगमलाई बिमान उडानको लागि ३० मिनेट समय काम रोकेर उडानको अनुमति दिईएको हो ।

क्यानले भदौ १६ गतेदेखि पुस १५ सम्म राती ७ घण्टा विमानस्थल बन्द गरेर मर्मतको काम गर्नेछ ।

निगमले काठमाडौँबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडान भर्ने तालिका रहेको छ । जापानको ओसाकामा भने बिहान ११ बजेर ५५ मिनेटमा अवतरण हुनेछ । 

नेपाल एयरलाईन्सले सोही दिन ओसाकाबाट १ बजेर ५५ मिनेटमा नेपालको लागि उडान भनेर साँझ ६ बजे अवतरण हुने समयतालिका सार्वजनिक गरेको छ ।

यसअघि असार १९ गतेका लागि उडान तालिका सार्वजनिक गरेको निगमले यात्रु अभाव भन्दै पुनः दोस्रो उडान तालिका सार्वजनिक गरेको थियो ।

काठमाडौँ–ओसाका रुटमा निगमले इकोनोमी क्लासका लागि एकतर्फी भाडा ४५ हजार रुपैयाँ तोकेको छ । दुई तर्फी भाडा ७७ देखि ८० हजार रुपैयाँ तोकेको नेपाल एयरलाईन्सका जापान निर्देशक सन्तोष पाण्डेले जानकारी दिनुभयो ।

निगमले मङ्गलवार, बिहीबार र शनिवार गरी सातामा तीन दिन काठमाडौं ओसाका उडान गर्नेछ ।