(JAPAN) 16 th October | 2019 | Wednesday | 8:03:42 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:48:42 PM
 

नेपालको न्याय-पैसा खाएर त्रिभुवन विश्वविद्यालयको सर्टिफिकेट बेच्ने कर्मचारी र विद्यार्थी विशेष अदालतद्धारा धरौटीमा रिहा

  POSTED ON : Wednesday, 10 July, 2019 | Views : 261

नेपालको न्याय-पैसा खाएर त्रिभुवन विश्वविद्यालयको सर्टिफिकेट बेच्ने कर्मचारी र विद्यार्थी विशेष अदालतद्धारा धरौटीमा रिहा


काठमाडौं, नेपाल ।

नेपालको शैक्षिक जगतकै बेईज्जत हुनेगरि त्रिभुवन विश्वविद्यालयमा पैसा लिएर गोल्ड मेडल दिलाउन अंक थपघट गर्ने अपराधिहरु मात्र केही हजारमा रिहा भएका छन् ।

स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोग लागेका तीनजना विशेष अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन्  ।

गोल्ड मेडलिस्ट बन्न १४ विषयमा अंक थप्न लगाउने सुरेन्द्रप्रसाद कोइराला, प्रथम श्रेणीमा उत्तीर्ण हुन अंक थपिएका केदार भट्टराई र अंक थपिदिने त्रिवि गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्य विशेष अदालतको आदेशमा धरौटीमा छुटेका हुन् । 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले मंगलबार थुनछेक बहसपछि तीनैजनालाई धरौटीमा छाड्न आदेश दिएको हो । कोइराला र कर्माचार्य जनही ८० हजार तथा भट्टराई ६५ हजार धरौटीमा रिहा भएका छन् । 

आदेशलगत्तै तीनैजना धरौटी बुझाएर रिहा भएको विशेष अदालतका उपरजिस्ट्रार इन्द्र खड्काले बताए । त्रिविको गोल्ड मेडल पाउन १४ विषयमा अंक थप्न लगाएका कोइरालाले एउटै विषयमा ५० अंकसम्म किनेका थिए  ।

आफ्नो नम्बर थपेपछि उनले भट्टराईको प्रमाणपत्रमा पनि नम्बर थप्न बिचौलियाको काम गरेका थिए । कर्माचार्यले सिनामंगलस्थित नोबेल कलेजमा पार्टटाइम जागिर पाउने आसमा कोइरालाले भनेअनुसार अंक थपिदिएका थिए ।