(JAPAN) 16 th October | 2019 | Wednesday | 6:33:26 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:18:26 PM
 

अध्यागमन कानून उल्लंघन गरेर काम लगाईदिने चार जना नेपाली सहित ८ जना पक्राउ

  POSTED ON : Tuesday, 09 July, 2019 | Views : 7248

अध्यागमन कानून उल्लंघन गरेर काम लगाईदिने चार जना नेपाली सहित ८ जना पक्राउ


फुकुओका, जापान ।

जापानको फुकुओका प्रिफेक्चरबाट जापानको अध्यागमन कानुन उल्लंघन गर्ने चार जना नेपाली पक्राउ परेका छन् ।

जापानी समाचार संस्था याहुन्यूजमा प्रकाशित समाचार अनुसार चार जना नेपाली सहित उनिहरुलाई कानून बिपरित काम लगाईदिने रोजगारदाता कम्पनीका चार जना समेत पक्राउ परेका छन् ।

सबैलाई जापानको फुकुओका प्रिफेक्चरको किताक्युस्यु शहरबाट नियन्त्रणमा लिईएको बताईएको छ ।

पक्राउ परेका सबै नेपाली जापानको कम्पनीको भिषा प्राप्त भएको उल्लेख छ । तर उनिहरुले जापानको नियमले तोकेको स्थान र समय उल्लंघन गरेको बताईएको छ ।

पक्राउ परेका चारै जना नेपालीहरुले उनिहरुमाथि लगाईएको आरोप स्विकार गरेको समाचारमा उल्लेख छ । तर उनिहरु अन्य नियमबिपरितको काममा संलग्न भए नभएकोबारे अध्यागमनका अधिकारीहरुले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।

जापानी नियमानुसार काम गर्ने समय तथा अनुमति पाएको वा तोकिएको क्षेत्र भन्दा भिन्न र बढी काम गर्न र गराउन पाईंदैन । नियम बिपरित यस्तो काममा संलग्न हुने र गराउने दुवै पक्ष कारवाहीको भागिदार बन्दछन् ।