(JAPAN) 21 st July | 2019 | Sunday | 8:58:13 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:43:13 AM
 

जापानमा रेलभित्रै हृदयघात भएर नेपाली युवाको मृत्यु, निधन हुनेमा बाग्लुङ गल्कोटमा भविलाल घर्ती

  POSTED ON : Sunday, 07 July, 2019 | Views : 8863

जापानमा रेलभित्रै हृदयघात भएर नेपाली युवाको मृत्यु, निधन हुनेमा बाग्लुङ गल्कोटमा भविलाल घर्ती


लक्ष्मि पौडेल-टोकियो, जापान ।

जापानमा रोजगारको क्रममा रहेका एक नेपाली युवाको हृदयघात भएर अल्पायुमै निधन भएको छ ।

नेपाल बाग्लुङ जिल्ला गल्कोट घर हुनुभएका ४० बर्षिया भविलाल घर्तीको हृदयघातका कारण मृत्यु भएको हो ।

तीन बर्षअघि मात्र रोजगारीको निम्ति जापान आउनुभएका घर्तीको जापानको साईतामा केनमा निधन भएको हो ।

गल्कोट समाजका संस्थापक तथा संरक्षक बेलुकाजी थापाका अनुसार घर्ती भारतीय आर्मिमा अवकास प्राप्त गरेपछि जापान आउनुभएको थियो ।

थापाका अनुसार हिजो शनिवार राती काम सकेर घर फर्कदै गर्दा रेलभित्रै हृदयघात भएर घर्ती बेहोस हुनुभएको थियो ।

लगत्तै एम्बुलेन्समा राखेर अस्पताल पुर्याईएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको बताईएको छ ।

विवाहिता घर्तीको श्रीमति र छोरा रहेका छन् । हृदयघातका कारण अल्पायुमै निधन हुनुभएका घर्तीको दाहसंस्कार जापानमानै गरिने बताईएको छ ।

जापानमा पार्क घुम्न गएका एक नेपालीको हृदयघातका कारण असामयिक निधन

यसको लागि स्थान तय हुन बाँकी रहेको गल्कोट समाजका उपाध्यक्षद्धय विजय भण्डारीले जानकारी दिनुभयो ।

घर्ती विशेष शिप अन्र्तगत कुक भिषामा तीन बर्षअघि जापान आउनुभएको थियो ।

जापानमा श्रीमतीसँगै बस्दै आउनुभएका घर्तीको दुई छोरा भने नेपालमा रहनुभएको बुझिएको छ ।

अस्पतालले घर्तीको मृत्युको कारण हृदयघात नै भएको रिपोर्ट दिएको र यहि जुलाई १२ तारिखका दिन जापानमा नै दाहसंस्कार गरिने तयारी भएको समाजका उपाध्यक्ष भोजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।