(JAPAN) 21 st July | 2019 | Sunday | 9:13:20 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:58:20 AM
 

जापानमा नक्कली लाईसेन्स काण्डमा दुई नेपाली पक्राउ

  POSTED ON : Wednesday, 03 July, 2019 | Views : 4575

जापानमा नक्कली लाईसेन्स काण्डमा दुई नेपाली पक्राउ


ज्याक खड्का-टोकियो, जापान ।

जापानमा नक्कली सवारी चालक अनुमति पत्र काण्डमा थप दुई नेपाली पक्राउ परेका छन् ।

जापानको सवारी चालक अनुमतिपत्र 'लाईसेन्स' लिन नेपालको नक्कली लाईसेन्स बुझाएका दुई नेपाली युवालाई जापान प्रहरीले पक्राउ गरेको हो ।

जापानी लाईसेन्स लिन नक्कली कागज पत्र पेश गरेको अभियोगमा जापानको प्रहरीले २ नेपालीलाइ नियन्त्रणमा लिएको जापानी समाचार संस्था एनएचकेले समाचार प्रशारण गरेको छ ।

महानगरिय प्रहरी विभागलाई उदृत गर्दै समाचारमा उल्लेख भए अनुसार २८ बर्षीय प्रकाश अर्याल र ३५ बर्षीय गणेशप्रसाद अर्याल पक्राउ परेका हुन् ।

प्रकाश चिगाया चिबा प्रिफेक्चर र गणेश ओता गुन्माकेनमा बस्दै आएका थिए ।

जापानमा दुई नेपाली (दाजुभाई) नेपालको नक्कली लाईसेन्स बनाउन सघाएको आरोपमा पक्राउ 

उनीहरुले नेपालको नक्कली लाइसेन्स बनाएर जापानको लाइसेन्स लिएको बताइएको छ । आफ्नो देशको लाइसेन्स भएको खण्डमा जापानको लाइसेन्स प्राप्तिको लागि लिइने परिक्षामा पाईने छुट लिन उनिहरुले त्यस्तो गलत प्रक्रिया अपनाएको पाईएको प्रहरीलाई उदृत गर्दै समाचारमा उल्लेख छ ।

पक्राउ परेकाहरुले साईतामा प्रिफेक्चरमा लाईसेन्स लिनको लागि आफुहरुले गत मार्च महिनामा नेपालको नक्कली लाईसेन्स किनेर बुझाएको स्विकार गरेको उल्लेख छ । पक्राउ परेकाहरुमाथि सडक ट्राफिक कानुन उल्लंघनको आरोपमा कारवाही हुने बताईएको छ ।

जापानको सवारी चालक अनुमतिपत्र भएमा काम पाउन सहज हुने भएकाले आफुहरुले त्यस्तो गरेको समेत उनिहरुले बताएका छन् ।

यस्तै प्रकरणमा जापान प्रहरीले हालसम्म १३ जना नेपालीहरुलाई पक्राउ गरिसकेको समाचारमा उल्लेख छ ।

जापानमा पैसा लिएर भिषा लगाउने र लगाईदिने दुई जना नेपाली पक्राउ 

जापानमा नेपालको नक्कली लाईसेन्स बनाएर विक्रि गर्ने गरेका मध्ये यसअघि पक्राउ परेका दलालहरुले ५ सय बढी नेपालीहरुलाई यस्तो कागजातमा सघाएको बताएको समेत समाचारमा उल्लेख छ ।

यस्तै घटनामा संलग्न नाम नखुलाईएका एक ४० बर्षिय नेपालीले ३ मान येन तिरेर त्यस्तो नक्कली लाईसेन्स जापानमै दलालहरुबाट किन्न सकिने वा उनिहरुले बेच्ने गरेको बताएका छन् ।

नेपालमा समेत मानिसहरुले चालकहरुप्रति साँच्चै उनिहरुमा सवारीसाधन चलाउने दक्षता भए नभएकोमा आशंका व्यक्त गर्ने गरेको भन्दै समाचारमा त्यस्तो हुनुको मुख्य कारण यस्तै नक्कली लाईसेन्स भएकाहरुको विगविगि भएको उल्लेख छ ।

'ब्रदर्श' नेपाली नाम बदनाम-जापानमा कुटपिट आरोपमा युवती सहित ४ जना नेपाली पक्राउ 

जापानमा आपराधिक कृयाकलापमा नेपालीहरुको संलग्नताको घटना बढीरहँदा नक्कली सवारी चालक अनुमतिपत्र काण्डमा संलग्नहरुको घटना लगातारजस्तो सार्वजनिक भईरहेका छन् ।

सयौंको संख्यामा नेपालीहरुले नेपालको नक्कली लाईसेन्स बुझाएर जापानको लाईसेन्स लिएको बताईंदै आईरहँदा यस्तो घटनामा संलग्नहरु पक्राउ पर्नेक्रम अझै नरोकिने देखिएको छ ।