(JAPAN) 18 th June | 2019 | Tuesday | 4:41:36 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 1:26:36 PM
 

शिक्षा मन्त्री गिरिराजमणी पोखरेल जापान भ्रमणमा आउँदै

  POSTED ON : Monday, 10 June, 2019 | Views : 85

शिक्षा मन्त्री गिरिराजमणी पोखरेल जापान भ्रमणमा आउँदै


टोकियो, जापान ।

जापानमा हुने एक कार्यक्रममा सहभागी हुन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेल जापान आउने भएका छन् ।

नेपाली राजदूतावास जापानका अनुसार जापान एयरोस्पेश एक्सप्लोरेशन एजेन्सी 'जाक्सा'ले चुकुबामा गर्न लागेको कार्यक्रममा सहभागी हुन् मन्त्री पोखरेल जापान आउन लागेका हुन् ।

तीनदिने भ्रमणमा जापान आउन लागेका मन्त्री मन्त्री पोखरेल यहि जुन १६ तारिख आईतवार टोकियो आईपुग्नेछन् भने १८ तारिख मंगलबार स्वदेश फर्कनेछन् ।

जापानमा रहँदा मन्त्री पोखरेल सत्ताधारी नेकपा पार्टी निकट जापान प्रवास संगठनले गरेको कार्यक्रम सहित विभिन्न कार्यक्रममा सहभागीता जनाउने भएका छन् ।

नेपाली राजदूतावास जापानले मन्त्री पोखरेलको सम्मानमा १६ तारिख साँझ रात्रीभोजको समेत आयोजना गरेको छ ।