(JAPAN) 19 th September | 2019 | Thursday | 5:25:42 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:10:42 PM
 

नेपालको सुचना, सञ्चार र प्रविधिमा सघाउन जापानमा नेपाली र जापानी विज्ञहरुबिच बृहत छलफल (भिडियो सहित)

  POSTED ON : Sunday, 09 June, 2019 | Views : 176

नेपालको सुचना, सञ्चार र प्रविधिमा सघाउन जापानमा नेपाली र जापानी विज्ञहरुबिच बृहत छलफल (भिडियो सहित)


लक्ष्मि पौडेल-टोकियो, जापान ।

समृद्ध नेपाल अभियानमा सघाउने उदेश्य सहित जापानमा सुचना, सञ्चार र प्रविधि क्षेत्रका क्रियाशिल नेपाली र जापानी विज्ञहरुको एक बृहत भेला सम्पन्न भएको छ ।

सुचना, सञ्चार र प्रविधि मार्फत नेपालको बृहत्तर क्षेत्रको बिकासमा सघाउन विज्ञहरुको सुझाव संकलन गर्न नेपाल जापान डाईलग सिरिज अन्र्तगतको चौथो शृंखला टोकियोस्थित जाइका हलमा शनिवार सम्पन्न भएको हो ।

जापानमा रही विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुले आयोगजना गरेको कार्यक्रमलाई नेपाली राजदूताबास जापानले सहयोग गर्नुका साथै क्योदाई रेमिट्यान्सले प्रायोजन गर्दै आएको छ ।

नेपालमा वढ्दै गएको सुचना, सञ्चार र प्रविधिको अवस्था विषयमा अन्तरक्रिया  गरिएको र  प्राप्त सुझावको निचोड राजदूतावासको सहयोग मार्फत नेपाल सरकारको सम्वन्धित ठाउँहरुमा बुझाउने कार्यक्रम रहेको आयोजकहरुले जापानसमाचारडटकमलाई जानकारी दिएका छन् ।

कार्यक्रमलाई सहजीकरण गर्नुभएका डा. कुमार वस्नेतका अनुसार कार्यक्रममा टोकियो अन्तर्राष्ट्रिय विस्वविद्यालयका उपप्रमुख डा. जय राजसेकारा, अनुसन्धान विज्ञ डा.यासुनोरि ओवादा, डा। बेद काफ्ले लगायतले सुचना, सञ्चार र प्रविधिसंग सम्बन्धित बिषयमा नेपाल तथा जापानको बर्तमान अबस्था र संभावनाको बिषयमा तथ्यहरुसहित आफ्ना महत्वपूर्ण धारणा राख्नुभएको थियो ।


त्यसै गरि प्रविधि मार्फत मौसम सम्बन्धि जानकारिको बारेमा कोजि किनोउचि , इन्टरनेट मार्फत बिद्यार्थीलाई अध्यापन गराउने बिषयमा ताईसुके फुकुनो र 

नेपालको आफ्नै पहिलो स्याटेलाईट अन्तरिक्षमा पठाउनु भएका नेपाली बैज्ञानिक आभास मास्के लगायतले आफ्नना कार्यक्रम र अनुसन्धान बारेको जानकारी सहितको धारणा सो अवसरमा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली राजदूतावास जापानकी राजदुत प्रतिभा राणाले आफ्नो लिखित धारणा राख्दै नेपालको बिकास र प्रविधि बिस्तारमा सहयोग पुग्ने खालको कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै प्राप्त सुझावहरुलाई नेपाल सरकारको सम्वन्धित निकायसम्म पुर्याउन दूतावासले सहयोग गर्ने बताउनुभएको थियो ।

नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको अध्यक्षता गर्नुभएको थियो । कार्यक्रम डा. कुमार बस्नेतले सञ्चालन गर्नुभएको थियो ।

नेपाली तथा जापानी विज्ञहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा नेपालको सुचना, सञ्चार र प्रविधिको क्षेत्रबारे विज्ञहरुले आफ्ना कार्यपत्र प्रस्तुत गर्नुका साथै प्रस्तुत विषयहरुमाथि उठेका जिज्ञासाहरुको जवाफ सहित सुझाव संकलन गर्नेकाम गर्नुभएको थियो ।

यसरी प्रस्तुत कार्यपत्र, प्राप्त सुझाव तथा निष्कर्ष सहितको एक प्रतिवेदन बनाएर आयोजकले नेपाली राजदूतावास मार्फत नेपाल सरकारका सम्वन्धित निकायलाई महत्वपूर्ण प्रतिवेदन हस्तान्तरण गर्ने भएका छन् ।

नेपाल जापान डाईलग सिरिज अन्र्तगत यसअघि नेपालको पर्यटन, कृषि लगायत विषयमा जापानमा रहेका विषय विज्ञहरुबिच यस्तैखाले अन्र्तक्रिया कार्यक्रम सम्पन्न भईसकेको छ ।