(JAPAN) 18 th June | 2019 | Tuesday | 4:10:20 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:55:20 PM
 

नेपाल एयरलाईन्स ओसाका उडान अब अगष्ट २९ बाट, आर्थिक चलखेलले निगमनै धराशायी बन्ने बाटोमा

Jack Khadka   POSTED ON : Sunday, 09 June, 2019 | Views : 172

नेपाल एयरलाईन्स ओसाका उडान अब अगष्ट २९ बाट, आर्थिक चलखेलले निगमनै धराशायी बन्ने बाटोमा


टोकियो, जापान ।

नेपाल वायुसेवा निगमले अगष्ट २९ तारिखबाट जापानको ओसाका सिधा हवाई उडान गर्ने नयाँ तालिका सार्वजनिक गरेको छ ।

यसअघि जुलाई ४ देखि सिधा उडान गर्ने भन्दै तालिका र टिकट मुल्य समेत सार्वजनिक गरे पनि रद्द गरेको निगमले हप्तादिन नबित्दै नयाँ उडान मिति सार्वजनिक गरेको हो ।

यसअघि उडानको मिति सार्वजनिक गरेपनि टिकट विक्रिमा नै विवादास्पद क्रियाकलाप र लापरवाहीपूर्ण काम गरेको निगम व्यवस्थापनले एक महिनापछि उडान भर्नेगरि नयाँ तालिका सार्वजनिक गरेको हो ।

निगमले अगष्ट २९ देखि उडान गर्नेगरी नयाँ मिति तय गरेको छ नेपाल वायुसेवा निगम जापानका निर्देशक सन्तोष पाण्डेले भन्नुभयो निगमबाट प्राप्त नयाँ तालिकाको लागि अनुमति लिन जापान उड्डयन नियामक निकाय जेक्यावमा आवेदन दिएका छौं अनुमति पत्र प्राप्त हुन बाँकी रहेको छ ।


मिति तोकियो, उडान अझै अ-निश्चित !

नेपाल एयरलाईन्सको ओसाका उडान स्थगित, गलत ठाउँ उडान चयन गर्दा टिकट विक्रि भएन 

निगमले तयार पारेको नयाँ तालिका जापानबाट स्विकृत प्राप्त नभईसकेको तथा टिकट बुकिगं खुल्ला, उडान समय लगायत सबैकुरा अझै पुरानै अवस्थामा भद्रगोल देखिएको छ । यस्तो अवस्थामा नयाँ मितिमा समेत निगमले ओसाका उडान गर्नेमा आशंका उब्जिएको छ ।

निगमले यसअघि मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानको ओसाका स्थित कान्साई अन्तर्राष्ट्रिय बिमानस्थलमा सिधा उडान गर्ने भन्दै टिकट बिक्री खुल्ला गरेको थियो । निगमले टिकट विक्रि खुल्ला गरेपनि जापानबाट टिकट काट्न चाहने व्यक्तिहरुले टिकट पाएका थिएनन् तर निगमले भने टिकटनै विक्रि नभएको तर्क गर्दै अर्पझट रुपमा उडान रद्दको सूचना सार्वजनिक गरेको थियो ।

उडान मिति तोक्ने, टिकट विक्रि खुल्ला घोषणा गर्ने तर टिकटनै विक्रि खुल्ला नगर्ने निगम व्यवस्थापन नेतृत्वको जालसाँजीपूर्ण काम निगमलाई डुबाउने षड्यन्त्र भएको भन्दै यससंघ सम्वन्धित सरोकारवालाहरुले निगम व्यवस्थापनले चरम लापरवाही गरेको भन्दै चर्को बिरोध गरिरहेका छन् ।


ओसाका उडान आलोकाँचो निर्णय, नेतृत्व आर्थिक लाभमा लाग्दा निगम धराशायी बाटोमा

नेपाल एयरलाईन्सको जापान ओसाका उडान साताको दुईदिन मात्रै, बिहिबारको उडान कटौती 

निगमले १२ वर्षपछि जापानको लागि उडान भर्ने तयारी गरिरहँदा दशौं हजार नेपालीहरुको बसोबास रहेको राजधानी टोकियोलाई केन्द्र बनाएर उडान स्थान तय गर्ने ठानिएकोमा अकस्मात ओसाको उडान गर्ने निर्णय गरेको थियो ।

व्यवसायिक हिसाबले ओसाका भन्दा धेरै सम्भावना र पायक पर्ने टोकियोको नारिता बिमानस्थल उडानको प्रक्रिया अघि बढेपनि निगम व्यवस्थापनले भने शंकास्पद रुपमा ओसाका उडानलाई प्राथमिकता दिंदै सम्झौता तय गरेको थियो ।

केही व्यक्तिको फाइदाकै लागि नारिता छाडेर ओसाकाको लागि उडान तय गरेका कारण समेत यात्रु नपाएको भन्दै जापानमा रहेका आम नेपालीहरुले नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन निगम उच्च नेतृत्वले आर्थिक प्रलोभनमा परेर ओसाका उडान तय गरेको आरोप लगाएका छन् ।

जापानवासी नेपालीहरु सहित नेपाल भ्रमणमा जान चाहने जापानी र यससंग सम्वन्धित व्यक्ति र संघसंस्थाहरुले समेत जतिसक्दो छिटो नारिता बिमानस्थल उडान भर्न नेपाल वायुसेवा निगमलाई सुझाव र माग गरिरहेका छन् ।

नेपाल एयरलाईन्सको जापान उडान मिति, समय र भाडा तय, मे दोस्रो साताबाट टिकट विक्रि खुल्ला