(JAPAN) 19 th September | 2019 | Thursday | 5:51:55 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:36:55 PM
 

जापानी युवतीहरुले हाई हिल जुत्ता लगाउनुपर्ने नियम विरुद्ध ‘ह्यासट्याग कूटू’ अभियान थाले

  POSTED ON : Thursday, 06 June, 2019 | Views : 311

जापानी युवतीहरुले हाई हिल जुत्ता लगाउनुपर्ने नियम विरुद्ध ‘ह्यासट्याग कूटू’ अभियान थाले


टोकियो, जापान ।

जापानमा ठूला व्यवसायिक कार्यालय, अफिस, होटल लगायतमा अनिवार्य चुच्चो परेको हिलजुत्ता लगाउनुपर्ने नियम जस्तै बसेपछि यसबो बिरुद्ध ‘ह्यासट्याग कूटू’ अभियान शुरु भएको छ ।

हाई हिल जुत्ता लगाउत असहज र पिडा हुने भन्दै युवतीहरुले यसको बिरोधमा अभियान चलाएपछि जापानको श्रम मन्त्रालयले गम्भिरताका साथ यसबारेमा कदम चाल्ने बताएको छ ।

अभियानको गम्भीरतालाई मनन गरी जापानी श्रम मन्त्रालयले कानूनी रूपमा नै रोजगारदाताको मनोमानीलाई रोक्न हाई हिल लगाउन बाध्य बनाउन नपाउनेगरि कानून बनाउने प्रक्रिया अघि बढाएको बताईएको छ ।

जापानकी अभिनेत्री तथा स्वतन्त्र लेखिका युमी इशिकावाले शुरु गरेको ह्यासट्याग कूटू अभियानमा करिव १९ हजार महिलाहरुले हस्ताक्षर गरेका छन् ।

अभियानको नाम ‘ह्यासट्याग मीटू’ जस्तै गरी ‘ह्यासट्याग कूटू’ राखिएको छ । यो ह्यासट्याग कूटू अभियान जापानी शब्द कुत्सु र कुत्सूबाट लिइएको हो । जसको अर्थ क्रमशः जुत्ता र पीडा हुन्छ । नामले नै महिलाको पीडा बोलेको छ ।

युमी इशिकावाले संसारभरि नै लैंगिक भेदभावका विरुद्ध मुद्दा उठाइरहेको मीटूबाट प्रेरित भएर नै स्यान्डिलसँग भएको भेदभावका विरुद्ध कूटू अभियान शुरु गरिएको बताइन् ।


जापानका होटल, अफिसलगायतमा काम गर्ने महिलालाई हाई हील लगाउनुपर्ने अनिवार्य र अग्ला हीललाई डे«सकोड मान्ने प्रचलन व्यापक बनेको छ ।

आठ्दश घण्टासम्म हाई हील लगाएर काम गर्नुपर्दा महिलालाई ठूलो सास्ती हुने गरेको अभियानमा आवद्ध महिलाहरुले बताएका छन् ।

युमी याशिकावाले यस अभियानलाई कानूनी लडाइँमा बदल्ने कदम उठाएकी छन् ।

उनले अफिसहरूमा महिलालाई ‘हाई हील’ अनिवार्य लगाउनुपर्ने नियम बनाएकाहरू विरुद्ध श्रम मन्त्रालयमा उजूरी समेत दिएकी छन् ।

उजूरीमा दबाब दिने रोजगारदाताहरूलाई कारबाहीको माग गर्दै कानुन निर्माण गर्न सरकारसँग मान गरिएको जापानी समाचार संस्था क्योदोले समाचार प्रशारण गरेको छ ।