(JAPAN) 19 th September | 2019 | Thursday | 5:52:41 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:37:41 PM
 

पैसा दिएर दुई किशोरीलाई ट्याक्सीभित्रै यौन क्रियाकलाप गराउने पक्राउ

  POSTED ON : Friday, 24 May, 2019 | Views : 1368

पैसा दिएर दुई किशोरीलाई ट्याक्सीभित्रै यौन क्रियाकलाप गराउने पक्राउ


योकोहामा, जापान ।

कानागावा प्रिफेक्चर प्रहरीले ४२ बर्षिय पुरुषलाई बाल यौन हिंसाको आरोपमा पक्राउ गरेको छ ।

एक कम्पनीमा कार्यरत ति पुरुषले १७ बर्षिया दुई किशोरीलाई पैसा दिएर ट्याक्सीभित्रै यौनजन्य क्रियाकलाप गराएको प्रहरीले बताएको छ ।

टोकियो सुमिदा वार्डमा बस्दै आएका हिरोयुकि ईदेनो नाम गरेका ति पुरुषले योकोहामा कोहोकु वार्डको एक कार पार्किगंमा दुई युवतिलाई पैसा दिएर यौन क्रियाकलाप गर्न फकाएको प्रहरी आरोप छ ।

जापानी समाचारपत्र केन्केई सिम्बुनका अनुसार घटना सन् २०१८ नोभेम्बर महिनाको साँझ ७:२० बजेको समयमा भएको थियो ।

प्रहरीले आरोपित पुरुषलाई नियन्त्रणमा लिएर विगतमा समेत ति व्यक्तिले त्यस्तै खाले बालयौन जन्य क्रियाकलाप गरेको आशंकामा अनुसन्धान गरिरहेको बताएको छ ।