(JAPAN) 18 th June | 2019 | Tuesday | 3:38:10 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:23:10 PM
 

जापानमा चारबर्षपछि हाकोने पर्वतमा शक्तिशालि ज्वालामुखि विस्फोटको चेतावनी

  POSTED ON : Sunday, 19 May, 2019 | Views : 1455

जापानमा चारबर्षपछि हाकोने पर्वतमा शक्तिशालि ज्वालामुखि विस्फोटको चेतावनी


टोकियो, जापान ।

जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियो नजिकको हाकोने पर्वतमा शक्तिशाली ज्वालामुखी विस्फोटको गम्भिर चेतावनी जारी गरेका छन् ।

टोकियो नजिकै रहेको हाकोने तातो पानीमा रमाउन चाहनेहरुको लागि आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित स्थान हो ।

मौसम एजेन्सीले आईतबार ज्वालामुखी बिस्फोटको खतराको पाँच तह मध्ये हाकोनेमा दोस्रो तहको खतरा रहेको चेतावनी जारि गरेका हुन् ।

यस्तो चेतावनी अनुसार ठूलो ज्वालामुखि विस्फोट सहित चट्टानहरु ज्वालामुखीको मुस्लोसँगै उछिट्टिने सम्भावना रहन्छ ।


ओवाकुदानि क्षेत्रसम्म यस्तो ज्वालामुखिको लार्भा र चट्टानहरु उछिट्टिने खतरा रहेको एजेन्सीका अधिकारीहरुले औंल्याएका छन् ।

जापानमा चार बर्षपछि ज्वालामुखि विस्फोटको खतराको सम्भावना दोस्रो स्तरमा जारी गरिएको हो ।

मौसम एजेन्सीले शनिवार हाकोने पर्वत श्रृंखलामा ज्वालामुखी सम्भाव्य भूकम्पको कम्पन ४५ पटक पुगेपछि यस्तो चेतावनी जारि गरेको जनाएको छ ।


आईतबार पनि बिहान ९ बजेसम्ममा यस्तो कम्पन २१ पटक गएको छ ।

मौसम एजेन्सीले गत मार्च महिना देखीनै हाकोने पर्वतको वरपर केही स्थानमा भित्रि भागमा ज्वालामुखिय भूकम्प गईरहेको बताएका छन् ।

ज्वालामुखी विस्फोटको गम्भिर खतरासँगै हाकोने पर्वतमा जान रोक लगाईएको छ भने हाकोने नगर नजिकका पर्यटकिय क्षेत्रमा प्रवेशको लागि सिमित मात्रामा अनुमति दिईएको छ ।


ज्वालामुखी विस्फोटको उच्च चेतावनी जारि भएसँगै हाकोने पर्वतमा सञ्चालित रोपवे सेवा समेत बन्द गरिएको छ ।

अर्को सुचना जारि नभएसम्म हाकोने पर्वत क्षेत्र प्रवेश रोकिएको जनाउँदै अधिकारीहरुले ज्वालामुखी खतरा नरोकिएसम्म खुल्ला नहुने बताएका छन् ।