(JAPAN) 19 th September | 2019 | Thursday | 5:22:39 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:07:39 PM
 

जापानमा कन्भिनियन्स स्टोरको शौचालयमा सिसि क्यामराले अश्लिल भिडियो खिच्ने पक्राउ, सेयर गरेर सचेत बनौं

  POSTED ON : Friday, 17 May, 2019 | Views : 5615

जापानमा कन्भिनियन्स स्टोरको शौचालयमा सिसि क्यामराले अश्लिल भिडियो खिच्ने पक्राउ, सेयर गरेर सचेत बनौं


फुकुओका, जापान ।

जापानको एक कन्भिनियन्स स्टोरको शौचालयमा लुकाएर सिसि क्यामेराबाट युवतीहरुको अश्लिल भिडियो खिच्दै अनलाईनमा बेच्ने युवक पक्राउ परेका छन् ।

समाचार अनुसार यस्तो काम गर्ने फुकुओकाको कन्भिनियन्स स्टोरमा काम गर्ने कामदार नै यो घटनामा सामेल भएको पाईएको छ ।

गत अक्टोबर महिनाबाट शौचालयमा लुकाएर जडान गरिएको क्यामेराले युवतीहरुको अश्लिल भिडियो खिच्दै आएको पक्राउ पछि २८ बर्षिय युईचिरो नाकाओ नाम गरेका कन्भिनियन्स स्टोरमा कामगर्ने कामदारले बताएका छन् ।

उनले त्यसरी अवैध रुपमा खिचिएको अश्लिल भिडियोलाई अनलाईनमा राखेर बेच्ने गरेको प्रहारीलाई बताएका छन् ।

फुकुओका निसि वार्डको यो घटना तब सार्वजनिक हुन पुगेको हो जव सोही कन्भिनियन्स स्टोरमा कामगर्ने अर्का एक कामदारले ट्वाईलेट सफागर्ने क्रममा लुकाएर राखेको क्यामेरा देखेका थिए ।

लुकाएर राखिएको त्यस्तो क्यामेरामा धेरै समय कामगर्ने ब्याट्रि जडान गरिएको र सिसि क्यामेराको भिडियो वायरलेस ईन्टरनेट मार्फत नाकाओले आफ्नै स्मार्टफोनबाट हेर्दै भिडियोलाई रेकर्ड गर्ने गरेका थिए ।

घटनाबारे खोजि गर्दै जाँदा नाकाओले आफु बस्दै आएको घरमा समेत त्यस्तै खालको अन्य ९ वटा सिसि क्यामेरा जडान गरेर भिडियो खिच्ने गरेको खुलासा भएको छ ।

प्रहरीले हाल ति युवालाई नियन्त्रणमा लिएर उनले बिगतमा अन्य ठाउँमा गरेको हुनसक्ने यस्तैखाले आपराधिक कृयाकलाप तथा संलग्नताबारे खोजि गरिरहेको जापानी समाचारपत्र सेन्केई सिम्बुनले उल्लेख गरेको छ ।