(JAPAN) 22 nd August | 2019 | Thursday | 8:08:38 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 4:53:38 PM
 

नेपाल एयरलाईन्स जापान उडान टिकट बुकिङ खुल्ला, टिकट मुल्य ४१ हजार देखी २ लाख ३० हजार सम्म

Gokarna Adhikari   POSTED ON : Tuesday, 14 May, 2019 | Views : 1199

नेपाल एयरलाईन्स जापान उडान टिकट बुकिङ खुल्ला, टिकट मुल्य ४१ हजार देखी २ लाख ३० हजार सम्म


टोकियो, जापान ।

नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको लागि टिकट विक्रि खुल्ला गरेको छ ।

असार १९ गते अंग्रेजी मिति अनुसार आगामी जुलाई ४ तारिख देखि नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान गर्ने निश्चित भएसँगै टिकट विक्रि खुल्ला गरेको हो ।

जापानको ओसाका उडानका लागि आइतबारदेखि टिकट बुकिङ खुल्ला गरिएको नेपाल एयरलाईन्सका जापान प्रमुख सन्तोष पाण्डेले जानकारी दिनुभयो ।

निगमले असार १९ गतेदेखि हप्ताको तीन दिन मंगलवार बिहिबार र सनिबार  उडान गर्ने निश्चित भएको छ ।

निगमले तय गरेको जापानको ओसाका देखी काठमाडौंसम्मको उडान भाडा सस्तोमा ४१ हजार येन देखी महंगोमा २ लाख ३० हजार येनसम्म रहेको छ ।

निगमको सस्तो इकोनोमी क्लास सिटका लागि एकतर्फी ४१ हजार येन तोकिंदा महंगोमा बिजनेश क्लासको एकतर्फी १ लाख १८ हजार रहेको छ ।

नेपाल एयरलाईन्सले टिकट सस्तो तय गरेपनि जापान सरकारको ट्याक्सका कारण मुल्य बढी पर्न गएको निगमको भनाई छ । यद्यपी नेपाल एयरलाईन्सले तोकेको भाडादर अन्यकुनैपनि बिमान कम्पनीभन्दा सस्तो पाईएको छ ।

एक करोड ९० लाख भन्दा बढी जनसंख्या रहेको ओसाका जापानको राजधानी टोकियो पछिको दोस्रो ठूलो शहर हो ।

जुलाई ४ बाट नेपाल एयरलाईन्समा नेपाल जापान सिधा यात्रा, सस्तो र सहज, उडानको समय तालिका सहित 

काठमाडौं ओसाका सिधा हवाई उडानबाट जापानबाट नेपाल यात्रा गर्ने नेपालीहरुलाई सहज हुनुका साथै जापानमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास निगमले लिएको छ ।

नेपालस्थित पर्यटन बोर्डले टोकियोस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा जापानका विभिन्न सहरमा आयोजना गर्ने पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम, गैरआवासीय नेपाली संघका कार्यक्रममा नेपाल एयरलाइन्सको सिधा उडानबारे जानकारी दिन थालेको छ । यसको लागि जापानको सम्पूर्ण जिम्मेवारी निगमले कन्ट्री म्यानेजरको रुपमा सन्तोष पाण्डेलाई तीनमहिना अघिनै नियुक्त गरेको थियो ।

म्योनजर पाण्डेले नेपाल एयरलाईन्सले ओसाकापछि नारिता उडानको लागि काम गरिरहेको जनाउँदै आवश्यक प्रक्रियाहरु अघि बढेको जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

टिकट काट्ने प्रक्रिया र भाडादर यस्तो छ


जापानभर आईटा बिएसपी अर्थात् अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीको सदस्य भएका ५ सय २ वटा ट्राभल एजेन्सीबाट टिकट काट्न सकिनेछ । जापानमा रहेका यस्ता ५०२ ट्राभलबाट टिकट काट्न सकिनेगरि खुल्ला गरिएको कन्ट्रि म्योजर पाण्डेले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।


पहिलो भाडादर

एकतर्फी ४१ हजार, दुई तर्फी ७७ हजार येन

...

दोस्रो एकर्फी ४५ हजार र दुई तर्फी ८५ हजार जापानी येन

...

तेस्रो एकतर्फी ४९ हजार येन र दुई तर्फी ९३ हजार येन

...

चौथो टिकटदर एकतर्फी ५३ हजार येन र दुईतर्फी १ लाख १३ हजार येन

...

पाचौं एकतर्फी ५९ हजार येन र दुई तर्फी १ लाख २५ हजार येन

...

बिजनेश क्लास तर्फ

एकतर्फी १ लाख १८ हजार येन रहेको छ भने बिजनेश क्लास दुईतर्फी भाडा २ लाख ३० तीस हजार जापानी येन रहेको छ ।