(JAPAN) 25 th May | 2019 | Saturday | 1:52:18 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:37:18 AM
 

टोकियोमा वक्तृत्वकला प्रतियोगिता-'विरताको देश नेपाल'ले प्रथम पुरस्कार जित्दा 'परदेशिएका आमाबाबु' दोस्रो

  POSTED ON : Monday, 13 May, 2019 | Views : 133

टोकियोमा वक्तृत्वकला प्रतियोगिता-'विरताको देश नेपाल'ले प्रथम पुरस्कार जित्दा 'परदेशिएका आमाबाबु' दोस्रो


लक्ष्मि पौडेल-टोकियो, जापान ।

नेपाली बालबालिकालाई लक्षित गरेर जापानमा आयोजना गरिएको पहिलो बाल वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार बिरताको देश नेपालले जितेको छ ।

गैरआवासीय नेपाली संघ जापानको आयोजनामा टोकियोको मेगुरो कुमिन सेन्टरमा आईतबार सम्पन्न प्रतियोगितामा बिरताको देश नेपाल शिर्षकमा रिशव चन्द्र आचार्यले प्रस्तुत गर्नुभएको विषय उत्कृष्ठ हुँदा प्रथम हुन सफल भयो ।

प्रतियोगितामा परदेशिएका आमाबाबु शिर्षकमा परिक्रमा अधिकारीले प्रस्तुत गर्नुभएको वक्तृत्वकला द्धितिय बन्न सफल हुँदा अमन तामाङ्ले प्रस्तुत गर्नुभएको छोराछोरीको लागि निर्देशन विषय तृतिय बन्न सफल भयो ।

बिजयी हुनुभएका प्रतियोगिहरुमध्ये बिरताको देश नेपालको लागि आचार्यले ७० हजार येन, परदेशिएका आमाबाबुको लागि अधिकारीले ५० हजार येन र छोराछोरीको लागि निर्देशन विषयको वक्तृत्वकलाको लागि अमन तामाङले ३० हजार येन नगद पुरस्कार सहित प्रमाणपत्र पाउनुभयो ।

प्रतियोगितामा सहभागी सम्पूर्ण बालबालिकाहरुको लागि प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कारको रुपमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

टोकियो तथा आसपासका क्षेत्रमा अवस्थित विभिन्न विद्यालयहरूमा अध्ययनरत वालवालिकाको मनोबल बढाउने तथा उनिहरुमा भएको अन्तर्निहित वाककला सबैसामु प्रस्फूटन गर्ने उद्देश्यका साथ नेपाली, जापानी र अङ्ग्रेजी भाषामा वक्तृत्वकलाको आयोजना गरिएको हो ।

बालबालिकाहरुको वाक कला, विषय र प्रस्तुतीका आधारमा निर्णायकको तर्फबाट जिज्ञान कुमार थापा, प्रकाश पौडेल माईला, रवि महर्जन र जानुका खतिवडा ज्ञवालीले उत्कृष्ठ चयन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले , गैरआवासीय नेपाली संघ आईसिसि सदस्य कपिलदेब थापा तथा गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिवप्रसाद पौडेल, सरोज कुमार खत्री लगायत कार्यसमितीका विभिन्न पदाधिकारीहरु सहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन एनआरएनए जापान महासचिव बुद्धिराज घिमिरे र सुस्मिता प्रसाईले गर्नुभएको थियो भने सदस्य सिर्जना पाण्डे ज्ञवालिको संयोजन गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारी रहनुभएको थियो ।