(JAPAN) 25 th May | 2019 | Saturday | 1:51:48 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:36:48 AM
 

टोकियोमा निलकण्ठ पौडेलको 'जिबन-संघर्ष' र 'नेपाल पर्यटन बर्ष २०२०' डकुमेन्ट्री प्रर्दशन हुँदै

  POSTED ON : Sunday, 12 May, 2019 | Views : 130

टोकियोमा निलकण्ठ पौडेलको 'जिबन-संघर्ष' र 'नेपाल पर्यटन बर्ष २०२०' डकुमेन्ट्री प्रर्दशन हुँदै


ईश्वर राई-टोकियो जापान ।

टोकियो स्थित सोलमारी नेपाली मुरा हलमा एनआरएनए जापानको आयोजनामा हुने एक कार्यक्रमका बिच दुई नेपाली डकुमेन्ट्रीको प्रदर्शन हुने भएको छ । कार्यक्रम मे १७ तारिख शुक्रवार गर्ने आयोजकले जनाएको छ । 

नेपाल अपाङ्ग महासंघ शारिरीक अपाङ्गता बिभागका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलको “जिबन-संघर्ष” र पर्यटकिय क्षेत्रसंग सम्वन्धित नेपालको बिविधता समेटिएको बृत्तचित्र भिजिट नेपाल २०२० "Visit Nepal-2020" प्रदर्शन हुने भएको हो ।

उक्त कार्यक्रमको जानकारी दिँदै एनआरएनए जापानका अध्यक्ष टासि वाङदी लामाले यो बिगतको कार्यक्रमहरु भन्दा पृथक हुने पनि बताए ।

कार्यक्रमका लागि नेपालबाट नेपाल अपाङ्ग महासंघका प्रतिनिधित्व गर्दै निलकण्ठ पौडेल ,गणेश प्रसाद पाण्डे,सिद्ध बहादुर वानियाँ क्षेत्री र हर्क बहादुर तामाङको सहभागीता रहने बताए । डकुमेन्ट्री प्रदर्शन पश्चात यसै बिषयमा अन्तरक्रिया कार्यक्रम पनि रहेको लामाले बताए ।

कार्यक्रमको मूल उद्देश्य आपाङ्गता सम्बन्धी समाजिक उत्तरदायित्व वहन गर्न र गराउनुको साथै जनचेतना अभिबृद्धि गराउने रहेकोले यसले नेपाल पर्यटन बर्ष २०२० लाई प्रबर्द्धन गर्न समेत टेवा पुग्ने रहेको पनि निलकण्ठ पौडेलले जानकारी दिए ।