(JAPAN) 22 nd August | 2019 | Thursday | 8:07:47 PM
(Nepal) 22 nd August | 2019 | Thursday | 4:52:47 PM
 

मंगलबार निधन भएका बिनयको शनिवार जापानमै दाहसंस्कार गरिंदै

  POSTED ON : Friday, 26 April, 2019 | Views : 4215

मंगलबार निधन भएका बिनयको शनिवार जापानमै दाहसंस्कार गरिंदै


टोकियो ।

गत मंगलबार टोकियो ताबाता नजिकैको पार्कमा आत्महत्या गरेका बिनय खड्काको जापानमै दाहसंस्कार गरिने भएको छ ।

निशीगाहारा प्रहरीका अनुसार पार्कमा रहेको सिसिटीभी क्यामेरा फुटेजका आधारमा बिनय आफैंले पार्कमा रहेको रुखमा आफैंले लगाएको कपडाले पासो लगाई आत्महत्या गरेको देखिएको छ ।

सोमवार साँझ ताबाता माईतमा रहेकी श्रीमतीलाई भेट्न गएका बिनय त्यहाँबाट सोही दिन साँझ फर्कीएका थिए ।

दुई बर्षअघि मेलिना गुरुगंसँग प्रेम बिवाह गरेका बिनयको श्रीमतीसँग पारिवारिक मनमुटाव रहेको र सोही कारण आत्महत्या गरेको ठानिएको छ ।

बिनयले आत्महत्या गर्नुपूर्व आफ्ना निकटका साथीहरुसँग कुरागरेका थिए ।

बिनय काठमाडौं गोंगबु घर भएका रेष्टुरेण्ट व्यवसायी महेन्द्र खड्काका पुत्र हुन् । खड्काको पुख्र्यौली घर भने म्याग्दी जिल्ला हो ।

जापानमा २४ बर्षिय नेपाली युवाद्धारा पार्कमा झुण्डिएर आत्महत्या

जापानमा रेष्टुरेन्ट व्यवसायमा संलग्न खड्का श्रीमती १ छोरा र १ छोरी रहेका थिए । जापानमा भने खड्का श्रीमती र छोरासँगै रहँदै आएका थिए ।

असामयिक निधन भएका खड्काको शनिवार अपरान्ह जापानमानै दाहसंस्कार गरिने भएको छ ।

बिनयको शनिवार अपरान्ह १ बजे फुडोमायस्थित किरिगाया साइज्यो 'शवदाह गृह' मा अन्त्येष्टि गरिने भएको छ ।

अपरान्ह १ बजे भेला भई अन्तिम श्रद्धाञ्जली गरिने र त्यसपछि अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक सदस्यहरुले बताएका छन् ।

अन्त्येष्टिपछि खड्का परिवार अस्तु लिएर नेपाल जाने र नेपालमै हिन्दु परम्परा अनुसार काजक्रिया गर्ने भएको छ ।

अप्रिल २७ तारिख शनिवार अन्त्येष्टि गरिने स्थानको ठेगाना र सम्पर्क फोन नं यसप्रकार रहेको छ ।

Tokyo-To, Shinagawa-Ku, Ebara 1-1-2

Tel: 03- 3494- 1083

Train Access: 5 Min. Walk From Fudomae Station Meguro Line, (One Stop from Meguro)