(Japan) 25 th April | 2024 | Thursday | 9:00:32 PM || (Nepal) 5:45:32 PM
 
 


श्रीलङ्का बिस्फोटमा मृत्यु हुनेको संख्या ३ सय २१ पुग्यो, इस्लामिक स्टेटद्धारा आक्रमणको दाबी

  POSTED ON : Wednesday, 24 April, 2019 | Views : 1914

श्रीलङ्का बिस्फोटमा मृत्यु हुनेको संख्या ३ सय २१ पुग्यो, इस्लामिक स्टेटद्धारा आक्रमणको दाबी


एजेन्सी ।

बर्बरतापूर्ण आत्मघाती बम विस्फोटमा परि श्रीलंकामा ज्यान गुमाउनेहरुको संख्या ३ सय २१ पुगेको छ ।

श्रीलङ्कामा राष्ट्रिय शोककामाझ आइतवारको बम हमलामा ज्यान गुमाएकाहरूको मंगलबार सामुहिक रुपमा अन्तिम संस्कार गरिएको छ ।

पाँचतारे होटल र विभिन्न चर्चहरूमा भएका हमलाहरूमा मंगलबार साँझ सम्ममा मृत्यु हुनेको संख्या ३ सय २१ पुगेको प्रहरीले बताएको छ । विस्फोटमा परेर ५ सय बढी व्यक्ति घाईते भएका छन् ।

बम हमला आफुहरुले गराएको दाबी बिस्फोटको दुईदिनपछि इस्लामिक स्टेट समूहले गरेको छ ।

श्रीलङ्काली सरकारले भने विस्फोटहरूका लागि स्थानीय इस्लामिस्ट समूह न्याशनल तौहिद जमातको हात रहेको विश्वास गरेको छ ।

श्रीलंका विस्फोट-निधन भएका ३ सय जनामा एकजना जापानी, चार जना घाईते, प्रधानमन्त्री आवेद्धारा कडा प्रतिक्रिया 

बिस्फोटपछि भएको खोजीका क्रममा हालसम्म घटनासंग सम्बद्ध रहेको ठानिएका ४० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका मध्ये एकजना सिरियाली नागरिक समेत रहेका छन् ।

बम विस्फोटमा परेर मृत्यु हुनेमा एकजना जापानी सहित ३६ जना बिदेशीहरु रहेको श्रीलंकाली सरकारले बताएको छ ।

Photo Source : Yahoo News Australia