(JAPAN) 26 th April | 2019 | Friday | 7:18:39 PM
(Nepal) 26 th April | 2019 | Friday | 4:03:39 PM
 

बालुवाटारको जग्गा हिनामिना गर्ने भाटभटेनीका मालिक मीनबहादुर गुरुङलाई ओली सरकार राष्ट्रपतिबाट सुप्रबल सम्मान दिंदै

  POSTED ON : Sunday, 14 April, 2019 | Views : 270

बालुवाटारको जग्गा हिनामिना गर्ने भाटभटेनीका मालिक मीनबहादुर गुरुङलाई ओली सरकार राष्ट्रपतिबाट सुप्रबल सम्मान दिंदै


काठमाडौं ।

बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका विवादीत भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई केपी ओली सरकारले ‘सुप्रबल जनसेवाश्री तृतीय’बाट सुशोभित गर्ने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को छानबिन गरिरहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रबल जनसेवाश्री तृतीय’ पदकबाट सुशोभित हुने छन् ।

यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाउँदै छन् ।

गुरुङसहित नेकपा एमालेका महासचिव विष्णु पौडेल सहित २ दर्जन बढी व्यापारी, भूमाफिया तथा कर्मचारी सरकारी ललितानिवासको १ सय १३ रोपनी ३ आना हिनामिना प्रकरणमा छानबिनमा छन् ।