(JAPAN) 26 th April | 2019 | Friday | 6:39:58 PM
(Nepal) 26 th April | 2019 | Friday | 3:24:58 PM
 

जापानको नयाँ कामदार कार्यक्रम अन्र्तगत फिलिपिन्समा भाषा परिक्षा सम्पन्न, नेपालको 'मे' मा तोकिनसक्ने

Jack Khadka   POSTED ON : Sunday, 14 April, 2019 | Views : 5963

जापानको नयाँ कामदार कार्यक्रम अन्र्तगत फिलिपिन्समा भाषा परिक्षा सम्पन्न, नेपालको 'मे' मा तोकिनसक्ने


टोकियो ।

जापानले यसै महिनाबाट लागू गरेको नयाँ भिषा प्रणाली अनुसार कामदार ल्याउन फिलिपिन्समा पहिलो पटक भाषा परिक्षा लिईएको छ ।

राजधानी मनिलामा शनिवार नयाँ भिषा प्रक्रिया अनुसार जापानले लिने कामदारको लागि भाषा परिक्षा भएको हो । फिलिपिन्स, नेपाल सहित ९ देशबाट कामदार ल्याउने तयारीमा रहेको जापानले पहिलो पटक फिलिपिन्समा परिक्षा सञ्चालन गरेको हो । यस्तो परिक्षा आईतबारपनि हुने बताईएको छ ।

नयाँ भिषा प्रक्रिया अनुसार पहिलोमा पाँच बर्षे भिषा अवधिमा दक्ष कामदार र दोस्रोमा सुरुमा पाँच वर्षे भिषा र पछि थप गर्न सकिने तथा परिवारका सदस्य समेत लैजान मिल्ने दक्ष तथा विशिष्ट क्षमताका कामदार जापान आउनेछन् ।

पहिलो भिषा प्रक्रियामा दक्ष कामदार पर्दछन् भने दोस्रोमा विज्ञ, प्राध्यापक, सहित विशेष शिप र क्षमता भएका व्यक्ति पर्दछन् ।

जापानले कृषि, निर्माण, मत्य पालन, होटल रेष्टुरेण्ट लगायत १४ क्षेत्रमा बिदेशी कामदार ल्याउने घोषणा यसअघिनै गरेको थियो । जापानले आगामी तीन महिना भित्रमा सबै ९ देशबाट कामदार ल्याउने प्रक्रियाको सुरुवात गर्ने योजना सहित काम गरिरहेको जनाएको छ ।

नेपाल, चीन, मंगोलिया लगायत देशसँग द्धिपक्षिय सम्झौता सहित कामदार ल्याउने प्रक्रिया अघि बढाईएपनि भाषा परिक्षा तथा कामदारको सिप, सेवा, सुविधा लगायत विषयमा स्पष्ट खुलाईएको छैन ।

नेपाल सहित भियतनाम, कम्बोडिया, चीन, ईण्डोनेसिया, थाईल्याण्ड, म्यानमार र मंगोलियासँग भाषा परिक्षा लगायतको प्रक्रिया अघि बढेको जापानी मिडियाहरुले उल्लेख गरेका छन् ।

समाचार अनुसार नेपालमा भाषा परिक्षा आगामी महिना अर्थात् मे महिनाको अन्त्य सम्ममा  तोकिनसक्ने छ । यसको लागि भाषा परिक्षाको मिति केही साताभित्रमानै नेपाल र जापानका अधिकारीहरुको समन्वयमा तय गरिने गरि तयारी अघि बढेको बताईएको छ ।