(JAPAN) 26 th April | 2019 | Friday | 6:39:38 PM
(Nepal) 26 th April | 2019 | Friday | 3:24:38 PM
 

बुद्ध जन्मस्थल र पर्यटन प्रर्वद्धनको उदेश्य सहित टोकियोमा वुद्ध जयन्तिमा शान्ति र्याली हुँदै (भिडियो सहित)

  POSTED ON : Saturday, 13 April, 2019 | Views : 122

बुद्ध जन्मस्थल र पर्यटन प्रर्वद्धनको उदेश्य सहित टोकियोमा वुद्ध जयन्तिमा शान्ति र्याली हुँदै (भिडियो सहित)


टोकियो ।

विगतका बर्षहरुमा जस्तै गैरआवासीय नेपाली संघ जापानले भगवान गौतमबुद्धको जन्मस्थल नेपालको परिचय प्रचारको लागि यसबर्षपनि जापानमा शान्ति र्याली गर्ने भएको छ ।

२५६३औं बुद्ध जयन्तिको अवसर पारेर २५६३ मिलिमीटर बुद्द र बुद्दत्व अँकित कपडामा हस्ताक्षर संकलन गरि जापानको तथ्याङ्क हेर्ने आधिकारिक निकाय समक्ष बुझाउने गरि शान्ति र्यालीको आयोजना गरिने भएको छ ।

विगतमा जापानमा बुद्ध जन्मस्थलबारे भएको गलत प्रचारका कारण अझैपनि केही जापानी नागरिकमा भ्रम रहेकाले त्यसलाई चिर्न र नेपालको पर्यटनमा सहयोग पुग्नेगरि शान्ति र्याली आयोजना गर्न लागिएको एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

यस पटकको र्यालीलाई गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष सरोज कुमार खत्री र युवा संयोजक लेलिन भट्टचनले संयोजन गर्ने भएका छन् ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित अप्रील २१ तारिक आईतबारको लागी हिबिया पार्कमा भेला भई र्याली त्यहाँबाट गिन्जा तर्फ अघि बढ्नेछ । हिबीया पार्कबाट दिउसो १ बजे र्याली सुरुहुने आयोजकले जानकारी दिएको छ ।

बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा जापानवासी सबै नेपाली तथा नेपाली संघ संस्थाहरुलाई सहभागी हुन गैरआवासिय नेपाली संघ जापानका अध्यक्ष टाशी वाङदी लामाले आग्रह समेत गरेका छन् ।

यसअघिका र्यालीमा सहभागीहरुले आफ्नो मौलिक पोषाक सहित राष्ट्रिय पोषाक दौरा सुरुवाल र ढाका टोपी तथा गुन्युचोली फरिया लगाउने गरेको पाईन्छ ।

नेपालबारे सकारात्मक सन्देश दिने प्लेकार्ड, व्यानर वा नेपाल जापान सम्वन्ध झल्काउने तथा भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्ने खालका सन्देशमुलक प्लेकार्ड सहभागीहरुले आफुले तयारपारेर समेत र्यालीमा सहभागी हुन सक्ने एनआरएनए जापानले जनाएको छ ।