(JAPAN) 19 th September | 2019 | Thursday | 5:35:10 PM
(Nepal) 19 th September | 2019 | Thursday | 2:20:10 PM
 

जापानमा शरणार्थी आवेदन दिने घटे पनि नेपालीको संख्या सबैभन्दा धेरै

Laxmi Paudel   POSTED ON : Sunday, 07 April, 2019 | Views : 451

जापानमा शरणार्थी आवेदन दिने घटे पनि नेपालीको संख्या सबैभन्दा धेरै


टोकियो ।

जापानमा शरणार्थीको मान्यता प्राप्त गर्न आवेदन दिनेकोसंख्या ८ बर्ष यताकै न्युन भएको छ ।

जापानको न्याय मन्त्रालयले पछिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले शरणार्थी आवेदक घटेको बताएपनि आवेदक दिएका मध्ये सबैभन्दा धेरै नेपाली पाईएको छ ।

शरणार्थी मान्यताको लागि आवेदन दिनेको संख्या घटेर १० हजार ४ सय ९३ पुगेको जनाएको छ । यस मध्ये केवल ४२ जनाले मात्र शरणार्थी मान्यता पाएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

गत वर्ष देखि जापान सरकारले शरणार्थी भिषाको दुरुप्रयोग बढ्दै गएको वेला थप कडाई गर्न सुरु गरेका छ ।

पछिल्लो वर्ष ७४ देशका नागरिकले शरणार्थीको बन्नको लागि आवेदन दिएका थिए । जसमा सबैभन्दा बढी नेपाली रहेका छन् ।

त्यसपछि क्रमश श्रीलंकाली, कम्बोडियाली, फिलिपिन्स र पाकिस्तानी नागरिक रहेका छन् ।

न्याय मन्त्रालयका अनुसार गत वर्ष कुल १६ हजार, २ सय ६९ उनान्सत्तरि जनालाई जापानले डिपोर्ट गरेर उनिहरुको देश फर्काईदिएको छ ।

यसरी फर्काइएकाहरुमा भिषा सकिएर अवैधानिक रुपमा बसेका, जापानमा गैर कानुनी क्रियाकलापमा संलग्न तथा अनैतिक कार्य गर्नेहरु रहेका छन् ।

जापानमा सन् २०१७ मा सबैभन्दा धेरै १९ हजार ६ सय २९ जनाले शरणार्थी मान्यताको लागि आवेदन दिएको तथ्यांक छ ।