(JAPAN) 21 st March | 2019 | Thursday | 2:22:32 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:07:32 AM
 

चिबामा बाटो काट्न लागेका तीन यात्रुको कारले ठक्कर दिंदा मृत्यु

  POSTED ON : Wednesday, 13 March, 2019 | Views : 63

चिबामा बाटो काट्न लागेका तीन यात्रुको कारले ठक्कर दिंदा मृत्यु


चिबा-जापान ।

जापानको चिबामा बाटो काट्न लागेका तीनजना यात्रुको कारले ठक्कर दिंदा निधन भएको छ ।

नोडा चिबा प्रिफेक्चरमा बुधवार भएको दुर्घटना चालकको लापरवाहीले भएको प्रहरीले बताएको छ ।

बिहान साँडे ७ बजेको समयमा भएको सो घटनामा जेब्रा क्रसिगंमा बाटो काट्न सडक बत्तीको संकेत कुरेर बसिराखेकाहरुमाथि कार जोतिन पुगेको थियो ।

र्युजी कानेको नाम गरेका कार चालकले कारले ठक्कर दिनुअघि आफुले केही सेकेण्ड होस गुमाउन पुगेको बताएका छन् ।

जापानको फुजी टेलिभिजनले प्रशारण गरेको समाचार अनुसार यात्रुहरुलाई ठक्कर दिएपछि सडक छेउको एक घरको भित्तामा ठोक्किन पुगेपछि मात्र कार रोकिएको थियो ।

कारको ठक्करबाट दुई जना महिला र एकजना पुरुषको निधन भएको छ ।

कार चालक कानेको एक कम्पनीमा कार्यरत कर्मचारी भएको र निधन भएका सबै जापानीहरु रहेको समाचारमा उल्लेख छ ।

Photo Source : Japan Today