(JAPAN) 25 th May | 2019 | Saturday | 1:55:17 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:40:17 AM
 

जापानका नेपालीले भने-'वाईडबडी भ्रष्टाचार काण्डको पर्दाफासनै रविन्द्र अधिकारीप्रती सच्चा श्रद्धाञ्जली' (भिडियो सहित)

  POSTED ON : Tuesday, 12 March, 2019 | Views : 105

जापानका नेपालीले भने-'वाईडबडी भ्रष्टाचार काण्डको पर्दाफासनै रविन्द्र अधिकारीप्रती सच्चा श्रद्धाञ्जली' (भिडियो सहित)


टोकियो ।

हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रविन्द्र अधिकारी सहित नेपाल कम्युनिष्ट पार्टीका तीन नेताको सम्झनामा आयोजित श्रद्धाञ्जलीसभामा जापानका नेपालीहरुले वाईडबडी भ्रष्टाचारमा भएको भ्रष्टाचार काण्डको सत्यतथ्य सार्वजनिक भएमात्र मन्त्री अधिकारीमाथि सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

दिवंगत नेताहरु सँस्कृति तथा पर्यटन उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र नेकपाका पूर्व सांसद गणेश पण्डितप्रति श्रद्धाञ्जली ब्यक्त गर्न आयोजित शोकसभामा वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

शोकसभामा दिवंगत नेतात्रयको तस्विरमा माल्यार्पण गरी उहाँहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

सत्तारुढ दल नेकपाको जापानमा एकता प्रक्रियामा रहेको भात्तृसंस्था प्रवासी नेपाली एकता मञ्च 'कार्यदल' को आयोजनामा शोकसभा भएको थियो ।

तात्कालिन नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष एवं कार्यदलका सदस्य हवलचन्द्र लामाको सभापतित्वमा भएको शोक सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेतात्रयको अकल्पनीय निधनबाट राष्ट्रलाई अपुरणीय क्षति भएको बताउनुभयो ।

शोकसभामा एनआरएन आइसीसी प्रवक्ता भूषण घिमिरे, बेलुकाजी थापा, तात्कालिन प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष सिध्दार्थ श्रेष्ठ, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, नयाँ शक्ति पार्टी नेपालको भात्तृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष पदम ठगुन्ना, जनसम्पर्क समिति जापानका तात्कालिन महामन्त्री रामजंग कार्की, तात्कालिन जनप्रगतिशील मञ्चका उपमहासचिव बाबुराम पौडेल, नुवाकोट समाज जापानका अध्यक्ष हरि लामिछाने लगायतले दिवंगत हुनुभएका नेताहरुबारे आफ्ना अनुभव र धारणा राखेका थिए ।

दिवंगत मन्त्री अधिकारीको पारिवारिक सदस्यका तर्फबाट पत्रकार समेत रहनुभएका कृष्ण अधिकारीले भावविह्वल भएर आफ्नो तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका थिए ।