(JAPAN) 25 th May | 2019 | Saturday | 1:52:25 PM
(Nepal) 25 th May | 2019 | Saturday | 10:37:25 AM
 

जापान आउने नेपाली कामदारले अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने, यस्तो छ स्वास्थ्य परिक्षणको मापदण्ड

  POSTED ON : Monday, 11 March, 2019 | Views : 878

जापान आउने नेपाली कामदारले अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने, यस्तो छ स्वास्थ्य परिक्षणको मापदण्ड


गोकर्ण अधिकारी-टोकियो ।

नेपाल सहित ९ देशबाट नयाँ भिषा प्रक्रिया अनुसार जापान आउने कामदारले अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने भएको छ ।

जापानको न्याय मन्त्रालयले आगामी अप्रिल महिनाबाट नयाँ भिषा प्रणाली अनुसार ल्याउन लागेको कामदारको लागि स्वास्थ्य परिक्षण अनिवार्य गर्ने भएको हो ।

मन्त्रालयका अनुसार जापान आउनको लागि आवश्यक कागजातसँगै आवेदन दिंदा आवेदकले अनिवार्य रुपमा आफ्नो स्वास्थ्य परिक्षणको निरोगी भएको सर्टिफिकेट समेत बुझाउनुपर्नेछ ।

यस्तो स्वास्थ्य परिक्षण आधिकारीक स्वास्थ्य संस्था र चिकित्सकले प्रमाणित गरेको हुनुपर्ने बताईएको छ । त्यस्तो स्वास्थ्य परिक्षणको प्रमाणपत्रले निज व्यक्ति काम गर्नको लागि सक्षम रहेको खुलाउनुपर्नेछ अर्थात् निरोगी भएको प्रमाणित हुनुपर्नेछ ।

जापान कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा- मार्च अन्तिमबाट भाषा परिक्षा, अप्रिलबाट कामदार छनौट 

न्याय मन्त्रालयका अधिकारीहरुका अनुसार आवेदकहरुले ब्लड प्रेसर चेक, क्षयरोगको परिक्षण सहित अन्य स्वास्थ्य परिक्षण अनिवार्य गराएको हुनुपर्नेछ ।

त्यसअघि त्यस्तो स्वास्थ्य परिक्षणको लागि नेपाल सहित ९ वटै देशमा स्वास्थ्य परिक्षण गर्ने आधिकारीक स्वास्थ्य केन्द्र तोक्ने विषयमा सवन्धित देशका अधिकारीहरुसँग  छलफल भईरहेको बताईएको छ ।

यसको लागि स्वास्थ्य परिक्षणको नमुना फाराम ढाँचा मन्त्रालयको वेवसाईटमा राखिने भएको छ । मेडिकल सर्टिफिकेटको नमुना समेत जापानी, अँग्रेजी, भियतनामी सहित ११ भाषामा हुने भएको छ ।

जापान तोकिएको काममा आएका बिदेशी कामदारले निश्चित क्षेत्रमा काम परिवर्तन गर्न पाउने !

कामदार ल्याउने ९ देशमध्ये नेपाल पनि रहेकाले त्यसमा नेपाली भाषा समेत समेटिने ठानिएको छ ।

त्यसरी बुझाईएको निरोगी भएको प्रमाणपत्रलाई आगामी महिनाबाट सञ्चालनमा ल्याउन लागिएको जापानको न्याय मन्त्रालय अन्र्तगतको विभागले हेर्ने भएको छ । 

यसअघि प्रशिक्षार्थी सहित अन्य कामदारको भिषामा जापान आएका केही बिदेशीहरुमा क्षयरोग लगायत जापानमा बिरलै भेटिने रोगको संक्रमण पाईएपछि त्यसलाई रोक्न जापान सरकारले यस्तो कदम चाल्नलागेको ठानिएको छ ।

बढ्दो श्रमशक्ति अभावलाई पुर्ती गर्न जापानले आगामी महिनाबाट ५ बर्षको अवधिमा प्रशिक्षार्थी कामदारको रुपमा ३ लाख ४५ हजार बढी कामदार ल्याउँदैछ । ५ बर्षे भिषा अवधिमा यसरी आउने बिदेशी कामदार निरोगी रहुन् भन्ने उदेश्य सहित जापान प्रवेश अघिनै उनिहरुको स्वास्थ्य ठिक भएको निश्चिन्तता जापानले खोजेको छ ।

जापानमा कामदारको मासिक तलब र प्रतिघण्टा पाउने ज्याला बढ्दै 

....

नेपालमा रहनुभएका जापान आउने सोच वा तयारी गरिरहनुभएका युवाहरुले भाषा, सिप अध्ययन अघि पहिला आफ्नो स्वास्थ्य परिक्षण गराउन अनुरोध गर्दछौं ।

भाषा अध्ययन, कागजात, सिप सिकेर आउने बेलामा स्वास्थ्य परिक्षण गर्दा खराबी देखियो भने तपाईको सबै लगानी खेर जानेछ ।

त्यसैले त्यसअघिनै आफू जापान जान स्वास्थ्यको दृष्टिले सक्षम छु वा छैन भनेर सामान्य स्वास्थ्य क्लिनिकहरुमा भएपनि न्यूनतम स्वास्थ्यको एकपटक परिक्षण गराउनुहोला है !

यो समाचार र जानकारी सबैमाझ पुर्याउन सेयर गर्नुहुन समेत अनुरोध गर्दछौं ।