(JAPAN) 25 th May | 2019 | Saturday | 3:00:25 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:45:25 AM
 

जापानमा ९० बर्ष पुरानो रेल अन्तिम पटक सञ्चालन

Jack Khadka   POSTED ON : Saturday, 09 March, 2019 | Views : 220

जापानमा ९० बर्ष पुरानो रेल अन्तिम पटक सञ्चालन


नागासाकी-जापान ।

जापानको नागासाकीमा सञ्चालनमा रहेको ९० बर्ष पुरानो रेलले शनिवार अन्तिम पटक आफ्नो यात्रा गरेको छ ।

नागासाकी शहरमा शनिवार बिहान १० बजे ३० जना यात्रु सहित रेलले अन्तिम पटक यात्रा गरेको हो ।

सन् १९२५ देखी टोकियो महानगर क्षेत्रमा सञ्चालनमा आएको उक्त रेल नागासाकीमा सन् १९५७ मा स्थानान्तरण गरिएको थियो ।

व्यवसायीक रुपमा सन् १९८२ देखीनै यसको सञ्चालन बन्द भएपनि विशेष रुपमा यसको सञ्चालन छिटफुट हुने गरेको थियो ।

जसले अबभने कहिल्यै नगुड्नेगरि अन्तिम पटक शनिवार यात्रा गर्दा ३० यात्रु बोक्यो भने यसको बिदाईमा सयौं नागासाकी शहरका वासिन्दाहरु उपस्थित भएर हात हल्लाउँदै बिदाई गरेका थिए ।