(JAPAN) 21 st March | 2019 | Thursday | 2:23:14 PM
(Nepal) 21 st March | 2019 | Thursday | 11:08:14 AM
 

जापानमा साईबर अपराध गम्भिर समस्या-यौन र छलकपटका घटना धेरै, आर्थिक अपराधमा भियतनामी नाम जोडियो

  POSTED ON : Saturday, 09 March, 2019 | Views : 1771

जापानमा साईबर अपराध गम्भिर समस्या-यौन र छलकपटका घटना धेरै, आर्थिक अपराधमा भियतनामी नाम जोडियो


टोकियो-जापान ।

जापानमा साईबर अपराधको घटनाले गम्भिर रुप लिन थालेको छ ।

सन् २०१८ मा मात्रै जापानभर गरेर ९ हजार ४० यस्ता साईबर अपराधका घटना भएको जापान प्रहरीले बताएको छ ।

ईन्टरनेट मार्फत हुने यस्ता अपराधको घटनामा सबैभन्दा बढी बाल यौनका घटना भएको प्रहरीले जनाएको छ । दोस्रोमा छलकपट पूर्ण कार्य, अर्थात् धोकापूर्ण किसिमले चोरी, अपराधका घटना भएको पाईएको छ ।

यहाँको नेशनल पोलीसी एजेन्सीका अधिकारीहरुले साईबर अपराधका घटना सोचनिय गम्भिर अवस्थामा पुगेको बताएका छन् ।

पछिल्लो वर्षमा लगातार विटक्वाईन लगायतका क्रिप्टोकरेन्सी ह्याकिंकको साईबर अपराधको घटना बढ्न थालेको तथ्यांकले देखाएको छ ।

सन् २०१८ मा मात्र यस्ता १ सय ६९ घटना घटेका छन् । गत बर्षको २० वटा सहित सबै क्रिप्टोकरेन्सीका समस्या समाधान गर्न बाँकी रहेको समाचार संस्था क्योदोले उल्लेख गरेको छ ।

सबैभन्दा बढी बाल यौन तथा पोर्नोग्राफीसँग सम्वन्धित घटना घटेको छ । यो संख्या २ हजार ५७ रहेको छ ।

यसैगरि छलकपटका घटना ९ सय ७२ र तथा किशोर किशोरीसँग सम्वन्धित साईबर अपराधको संख्या ९ सय २६ रहेको छ ।

अनाधिकृत रुपमा ईन्टरनेट मार्फत रकम स्थानान्तरणको घटना १ सय ३ वटा भएका छन् । जुन संख्या अघिल्लो बर्षको भन्दा कम हो । यो संख्या अघिल्लो बर्ष ३२२ वटा भएको बताईएको छ ।

रोचक कुरा के भने यसरी हुने अबैध रकमको स्थानान्तरणको घटनामा ६० प्रतिशत बढी भियतनामीहरुको नाममा रहेको बैंक खातामा रकम गएको देखिएको छ ।

यस बाहेक साईबर आक्रमणको घटना समेत रहेका छन् । साईबर आक्रमणको घटना गराउन सबैभन्दा बढी रसियाबाट भएको देखिएको छ । त्यसपछि क्रमश चीन र अमेरिका रहेका छन् ।

Photo Source : Malay Mail