(JAPAN) 25 th May | 2019 | Saturday | 2:48:12 PM
(Nepal) 25 th May | 2019 | Saturday | 11:33:12 AM
 

जापानमा पैसा लिएर भिषा लगाउने र लगाईदिने दुई जना नेपाली पक्राउ

Japansamachar Desk   POSTED ON : Friday, 08 March, 2019 | Views : 4539

जापानमा पैसा लिएर भिषा लगाउने र लगाईदिने दुई जना नेपाली पक्राउ


नागोया-टोकियो ।

कुटपीट, फर्जी लाईसेन्स प्रकरण हुँदै जापानमा फेरी गैरकानुनी तरिकाले भिषा लगाउन सघाउने र लगाउने दुईजना नेपाली पक्राउ गरेका छन् ।

जापानी समाचार संस्था सिबिसी टेलिभिजनमा प्रशारित समाचार अनुसार यसरी पक्राउ पर्नेमा ४४ बर्षिय कृष्णप्रसाद शर्मा र ३७ बर्षका किरण गुरुगं रहेका छन् ।

नागोयामा रहेको खुशी ईण्डियन तथा नेपाली रेष्टुरेण्टका सञ्चालक शर्माले गुरुगंसँग ६० मान जापानी येन लिएर भिषा लगाईदिएको समेत आरोप लागेको छ ।

जापानमा दुई नेपाली (दाजुभाई) नेपालको नक्कली लाईसेन्स बनाउन सघाएको आरोपमा पक्राउ 

रेष्टुरेण्टमा काम नै नगर्ने गुरुगंलाई गलत तरिकाले भिषा लगाउन सघाउनुका साथै गैर कानुनी रुपमा पैसा लिएर भिषा लगाउन सघाएको आरोप र लगाएकोमा प्रहरीले दुवै जनालाई पक्रेको हो ।

स्किल लेभर कुक भिषाको १ बर्षे भिषा थप्न उनिहरुले नक्कली कागजात बनाई भिषा नविकरण गराएको आरोप छ ।

भिषा लगाईएको शर्माको रेष्टुरेण्ट नागोया शहरको टेप्पल वार्डमा रहेको छ भने कामनै नगरेको स्थानबाट भिषा लगाएका गुरुगं आईचि प्रिफेक्चर स्थित योयोता शहरमा बस्दै आएका थिए ।

जापानमा फेरी समातिए पाँच जना नेपाली, झुठो कागजातमा भिजा एप्लाई गरिदिने जापानी समेत पक्राउ

जापानमा कुटपिटमा संलग्न ५ नेपाली युवा पक्राउ, नेपाली-नेपाली कुटपिटको घटना यस्तो छ