(JAPAN) 19 th December | 2018 | Wednesday | 2:13:37 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:58:37 PM
 

टोकियोमा निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श शिविर सम्पन्न

  POSTED ON : Thursday, 22 March, 2018 | Views : 259

टोकियोमा निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श शिविर सम्पन्न

टोकियो ।

जापानमा क्रियाशिल नोली चिकित्सक तथा बिज्ञहरुको सक्रियतामा राजधानी टोकियोमा आयोजना भएको निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श शिविरमा २ सय जना बढी नेपालीहरुले स्वास्थ्य परिक्षण गराएका छन् ।


यही बुधवार आयोजित स्वास्थ्य शिविर बिहान ९ बजेबाट साँझ ६ बजे सम्म सञ्चालन भएके थियो ।


बिहानदेखी परेको पानीको वावजुद स्वास्थ्य परिक्षण र परामर्श लिन आएका नेपालीहरुलाई जापानी तथा नेपाली चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।

कार्यक्रमको संयोजन डा प्रकाश श्रेस्ठले गरेका थिए । स्वास्थ्य परिक्षणमा सामान्य चिकित्सा, दन्त रोग , मुटू रोग ,एक्सरे, इसिजी, स्त्री रोग सम्बन्धी चेकजाँच गरिएको थियो ।


शिबिरमा जापानी चिकित्सक डा आओकि, डा सवादा, डा तोमिता, डा इवामोतो, डा साकि, डा साइतो, नेपाली चिकित्सक डा प्रकाश शाक्य ,डा सुमन श्रेष्ठ, डा मिग्मा शेर्पा, डा विजय ज्ञवाली, डा अभिषेकी श्रेष्ठ, डा मनु कार्की, डा सुप्रिया शाक्य, डा सन्दिप शाक्य, डा रिचा शाह साथै नर्स, ल्याब टेक्निसिएन समेतको टीमले सेवा दिएको थियो ।


शिविरमा एनआरएनए जापान अध्यक्ष टाशी लामा, उपाध्यक्ष द्वय शिब प्रसाद पौडेल, सरोज कुमार खत्रि महासचिव बुद्धि राज घिमिरे, प्रवक्ता पर्शु बस्नेत, नारायन खड्का, सृजना पाण्डे, संगीता अधिकारी लगायत एनआरएन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।