(JAPAN) 19 th December | 2018 | Wednesday | 1:55:09 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:40:09 PM
 

जापानी बैज्ञानिकले जिते नोबेल पुरस्कार

  POSTED ON : Monday, 01 October, 2018 | Views : 926

जापानी बैज्ञानिकले जिते नोबेल पुरस्कार

टोकियो ।

जापानका आणविक प्रतिरक्षा बैज्ञानिकले शरीर विज्ञान तथा चिकित्साको क्षेत्रमा प्रदान गरिने यस बर्षको नोबेल पुरस्कार जितेका छन् ।

जापानी बैज्ञानिक तासुकु होन्जो र एक अमेरिकी बैज्ञानिकलाई यस बर्षको चिकित्सा तर्फको नोबेल पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो ।

कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

अमेरिकी बैज्ञानिकलाई नेगेटिव इम्मयुन रेग्यूलेशनमा अवरोधको माध्यमबाट क्यान्सरको उपचार गर्ने आविश्कारको लागि नोबेल पुरस्कारबाट सम्मान गरिएको हो ।

७६ बर्षिय जापानी बैज्ञानिक होन्जोले रोग प्रतिकारको एवं प्रतिरक्षा प्रतिक्रियामा शोध कार्य गरेका थिए ।

विभिन्न विषाणु तथा जीवाणुको रोग प्रतिरोधक प्रतिक्रियाको अनुसन्धानमा होन्जोको सोधबाट ठूलो योगदान पुगेको बताईएको छ ।

जापानी बैज्ञानिक होन्जोले विषाणु र जीवाणुहरुसँग लड्नको लागि शरिरमा रोग प्रतिरोधक जिवाणुहरुको निर्माण तथा क्षमता बढाउन गरेको अनुसन्धानबाट चिकित्सा क्षेत्रमा ठूलो सहयोग पुगेको नोबेल पुरस्कार वितरण गर्ने नोबेल एकेडेमीले जनाएको छ ।

स्मरणीय छ यसअघि सन् २०१६ मा जापानका योसिनोरी ओहसुमीलाई चिकित्साशास्त्र वा शरीरविज्ञान (फिजियोलोजी)को नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।

उनलार्इ शरीरले सेलुलर तत्त्वहरूको खण्डीकरण तथा पुन प्रयोग गर्ने विषयमा गरेको अनुसन्धानका लागि नोबेल पुरस्कारबाट सम्मान गरिएको थियो ।

रसायन शास्त्रमा नोबेल पुरस्कार वार्षिक रुपमा रसायन शास्त्रमा उल्लेखनीय योगदान गर्ने वैज्ञानिकहरूलाई शाही बिज्ञान स्वीडीश एकेडमीले प्रदान गर्दछ ।

यो ५ वटा नोबेल पुरस्कार रसायन विज्ञान, भौतिक शास्त्र, साहित्य, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा मध्ये एक हो जसलाई सन् १८९५ मा अल्फ्रेड नोबेलको इच्छा अनुसार स्थापना गरिएको थियो ।

यो पुरस्कार नोबेल फाउण्डेशन अन्र्तगत एकेडमीद्वारा निर्वाचित पाँच सदस्यहरुको चयनका आधारमा प्रदान गरिन्छ । रसायनशास्त्रका लागि नोबेल समितिको प्रस्तावमा शाही बिज्ञान स्वीडीश एकेडमीद्वारा सम्मानित गर्ने गरिन्छ ।

यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा स्टकहोममा प्रदान गर्ने गरिन्छ ।

रसायनशास्त्रको पहिलो नोबेल पुरस्कार नेदरल्याण्डको ज्याक्ब्स हेन्रिक्सलाई उनको खोज रासायनिक गतिशीलता र समाधानमा आसमाटिक दबाब नियमहरूको लागि सम्मानित गरिएको थियो ।