(JAPAN) 19 th December | 2018 | Wednesday | 1:49:25 AM
(Nepal) 18 th December | 2018 | Tuesday | 10:34:25 PM
 

यसबर्षको इग नोबेल पुरस्कार जापानी चिकित्सकलाई

  POSTED ON : Saturday, 15 September, 2018 | Views : 291

यसबर्षको इग नोबेल पुरस्कार जापानी चिकित्सकलाई

टोकियो ।

चिकित्सा शिक्षा क्षेत्रमा प्रदान गरिंदै आएको इग नोबेल पुरस्कार जापानी चिकित्सक आकिरा होरिउचिलाई प्रदान गरिएको छ ।

५७ बर्षिय जापानी चिकित्सक आकिराले नागानो प्रिफेक्चरमा रहेको सोवा इनान जनरल अस्पतालमा रहेर आफैंले गर्नसक्ने कोलोनोस्कोपी अनुसन्धानको लागि नोबेल पुरस्कार प्रदान गरिएको हो ।

चिकित्सक आकिारले व्यक्ति आफैंले सजिलै आफ्नो ईन्डोस्कोपी गर्नसक्ने तथ्य उनले प्रयोगात्मक अनुसन्धान सहितको रिपोर्ट मार्फत पत्ता लगाएका हुन् ।

अमेरिकाको म्यासाचुसेट्स राज्यमा रहेको हार्वट विश्व विद्यालयमा एक कार्यक्रमका बिच आकिरालाई नोबेल पुरस्कार प्रदान गरिएको छ ।

जापानी चिकित्सकहरुले विगत १२ बर्षदेखी लगातार ईग नोबेल पुरस्कार जित्दै आएका छन् ।