(JAPAN) 25 th September | 2018 | Tuesday | 4:28:21 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:13:21 AM
 

जापानमा परमाणु विकिरणको असरबाट एक व्यक्तिको निधन भएको पुष्टि

  POSTED ON : Wednesday, 05 September, 2018 | Views : 407

जापानमा परमाणु विकिरणको असरबाट एक व्यक्तिको निधन भएको पुष्टि

टोकियो ।

जापान सरकारले परमाणु विकिरणका कारण एक व्यक्तिको निधन भएको पुष्टि गरेको छ ।

फुकुशिमा दाईइचि परमाणु बिजुली घरमा काम गर्ने एक व्यक्तिमा क्यान्सर भएपछि गरिएको परिक्षण तथा उपचारबाट उनिमा परमाणु विकिरणकै कारण क्यान्सर भएको पुष्टि भएको हो ।

उक्त व्यक्तिको क्यान्सरका कारण मृत्यु भइसकेको छ । उनिमा विकिरणको असरकै कारण क्यान्सर भएको जापानको स्वास्थ्य तथा श्रम मन्त्रालयले पुष्टि गरेको एनएचके अनलाईनले उल्लेख गरेको छ ।

५० देखी ६० बर्ष बिचको उमेर रहेका उक्त पुरुषमा सन् २०११ मा आएको बिनाशकारी भूकम्प र सुनामिबाट क्षति पुगेको उक्त स्थानमा चुहिएको परमाणु विकिरण परेको बताईन्छ ।

सुनामीबाट क्षति पुगेको परमाणु बिजुली घरमा विकिरणको स्तर नाप्ने काम गर्दै आएका उनलाई सोही क्रममा असर परेको थियो ।

सन् २०१५ सम्म उक्त स्थानमा काम गरेका ती व्यक्ति अस्वस्थ भएपछि गरिएको परिक्षणमा उनका क्यान्सर भएको पाईएको थियो ।

अनुसन्धान तथा उपचारकै क्रममा उनको मृत्यु भएपछि सरकारले ति व्यक्तिलाई आणविक विकिरणकै कारण क्यान्सर भएको र बचाउन नसकिएको जनाएको छ ।