(JAPAN) 21 st November | 2018 | Wednesday | 2:20:19 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:05:19 PM
 

जापानका पुराना आणविक रिएक्टर नष्ट गर्न ७० बर्ष लाग्ने, खर्च १ अर्ब ८० करोड डलर

Gokarna Adhikari   POSTED ON : Friday, 31 August, 2018 | Views : 931

जापानका पुराना आणविक रिएक्टर नष्ट गर्न ७० बर्ष लाग्ने, खर्च १ अर्ब ८० करोड डलर

टोकियो ।

जापान परमाणु उर्जा एजेन्सीले देशमा रहेका ७९ पुराना परमाणु रिएक्टर नष्ट गर्न लगभग ७० बर्ष लाग्ने बताएको छ ।

एजेन्सीले सम्भावित रिएक्टरको नष्ट गर्न एक मस्यौदा तयार पार्नेक्रममा यस्तो योजना प्रतिवेदन तयार बनाएको हो ।

जापान परमाणु एजेन्सीले जापानमा परमाणु अनुसन्धान गर्दै आएको छ । जापानमा अहिले ८९ वटा परमाणु प्रतिष्ठान रहेको छ जसमध्ये आधा बढी परमाणु केन्द्र ४० बर्ष अघि बनेका छन् । १० बर्ष भित्रमा ९० प्रतिशत ४० बर्ष पुराना हुन पुग्नेछन् ।

एजेन्सीले यदी ७९ वटा पुराना रिएक्टरको नष्ट गर्ने निर्णय भएमा यसको लागि रेडियोधर्मी विकिरणलाई जमिनमा सुरक्षित रुपमा गाड्न मात्र ७० बर्ष लाग्नसक्ने बताएकोछ ।

एजेन्सीले यसरी पुराना रिएक्टरको नष्ट गरेर हटाउन तीन चरणमा काम गर्नुपर्ने योजना सहित ७० बर्षको योजना सार्वजनिक गरेको हो ।

यो योजना अनुसार ३० बर्षमा रेडियोधर्मी विकिरणबाट असर नपर्ने स्थानको छनौट गर्न समय लाग्नेछ ।

एजेन्सीले रिएक्टरको नष्ट गर्न ७० बर्षको अवधिमा १ अर्ब ८० करोड डलर खर्च लाग्ने अनुमान गरेको छ ।

यसको विस्तृत विवरण भने यो बर्षको अन्तमा सार्वजनिक गरिने भएको एनएचके अनलाईनले उल्लेख गरेको छ ।