(JAPAN) 25 th September | 2018 | Tuesday | 4:45:43 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:30:43 AM
 

मध्य जापानको अस्पतालमा एयर कन्डिसन बिग्रंदा पाँच जना बिरामीको निधन

  POSTED ON : Wednesday, 29 August, 2018 | Views : 1217

मध्य जापानको अस्पतालमा एयर कन्डिसन बिग्रंदा पाँच जना बिरामीको निधन

टोकियो ।

मध्य जापानको एक अस्पतालमा वातानुकुलित एयर कन्डिसन बिग्रंदा पाँच जना बिरामीको निधन भएको छ ।

अस्पताल भर्ना भएका बिरामी रहने कोठामा एयर कन्डिसन बिग्रिएपछि उच्च तापक्रमका कारण उनिहरुको निधन भएको ठानिएको छ ।

हरेक बिरामीको लागि एउटा मात्र पंखाको व्यवस्था मिलाएको अस्पतालले महिना दिन बितिसक्दा समेत बिग्रिएको एयर कण्डिसनको मर्मत नगरेको पाईएको बताईएको छ ।

प्रहरीका अनुसार उच्च तापक्रमका कारण तीन जना पुरुष र दुई जना बिरामीको निधन भएको हो । निधन भएकाहरु ८३ देखी ८५ बर्ष उमेर बिचका रहेका थिए ।

बिरामीहरु अस्पतालको तेस्रो र चौथो तल्लामा रहेका थिए ।

वाई एण्ड एम फुजीकाके दाईचि हस्पताल (Y&M Fujikake Daiichi Hospital) मा भएको यो घटनापछि प्रहरीले अस्पताल प्रशासनका अधिकारी सहित केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ ।

आईतबार मध्य रात गिफु शहरमा ३० डिग्रि तापक्रम रहेको थियो जसलाई एउटा मात्र पंखाले धान्न नसक्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।

उनिहरुले अस्पतालले तापक्रम बिरामीहरुको लागि अनुकुल हुनेगरि कसरी व्यवस्थापन गरेको थियो भन्ने अध्ययन गरिरहेको र त्यसपछि कारवाहीको प्रक्रिया अघि बढाईने बताएको छ ।