(JAPAN) 25 th September | 2018 | Tuesday | 4:56:29 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:41:29 AM
 

जापानको ज्यानमारा गर्मी आईतबार पनि उस्तै हुने, नागोयामा १ सय २८ बर्ष यताकै चर्को गर्मी

Jack Khadka   POSTED ON : Sunday, 05 August, 2018 | Views : 489

जापानको ज्यानमारा गर्मी आईतबार पनि उस्तै हुने, नागोयामा १ सय २८ बर्ष यताकै चर्को गर्मी

ज्याक खड्का-टोकियो ।

प्राणघातक गर्मीको संज्ञा पाएको जापानको गर्मी डेढ महिना भईसक्दा समेत अझै उस्तै चर्को छ । यती सम्मकी गर्मी बढेर नागोयामा १ सय २८ बर्ष यताकै उच्च तापमान रेकर्ड भएको छ ।

शनिवार उखरमाउले गर्मीले केही स्थानमा जनजीवननै प्रभावित बनाएको छ । ३८ डिग्रि सेल्सियस सम्म मापन गरिएको तापक्रम आईतबार पनि जारी रहने मौसम एजेन्सीलाई उदृत गर्दै एनएचके टेलिभिजनले उल्लेख गरेको छ ।

शनिवार गिफु, ह्योगो, ओकायामा प्रान्तमा ३८ डिग्रिसम्म मापन गरिएको तापक्रम नागोया र ओशाका शहरमा भने ३७ डिग्रि रह्यो ।

नागोयामा शुक्रबार अहिलेसम्मकै उच्च तापक्रम ४०.३ डिग्रि मापन गरिएको थियो । सन् १९४२ मा यसअघि सबैभन्दा बढी ३९.९ डिग्रि तापक्रम मापन गरिएको थियो । समाचार अनुसार नागोयामा  शुक्रबार १ सय २८ बर्षको इतिहाँसमा सबैभन्दा बढी गर्मीको दिन बन्न पुग्यो ।

आईतबार नागोया, क्योतो शहर सहित साईतामा प्रिफेक्चरमा ३९ डिग्रिसम्म तापक्रम पुग्नसक्ने मौसम अधिकारीहरुले बताएका छन् ।

जापानको गर्मी दशकौं यताको उच्च तथा लामो समय रहिरहँदा १ सय २७ बढी व्यक्तिको निधन भइसकेको छ भने दशौं हजार व्यक्ति अस्पताल भर्ना भएका छन् । शनिवार पनि सयौं व्यक्ति उच्च तापक्रमका कारण अस्पताल भर्ना हुन बाध्य भएको बताईएको छ ।

विशेषज्ञहरुले नागरिकहरुलाई वातानुकुलीत यन्त्रको प्रयोग, सक्दो पानी पिउन, नुनीलो खानेकुरा बढी खान तथा दिनको समयमा शरिरलाई बढी पार पर्ने तथा व्यायामका काम नगर्न लगातार सुझाव दिंदै आएका छन् ।