(JAPAN) 25 th September | 2018 | Tuesday | 4:31:13 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:16:13 AM
 

कोही नभएको मौकामा बिरामीलाई विष प्रयोग गरि हत्या गर्ने जापानी नर्स पक्राउ

  POSTED ON : Monday, 30 July, 2018 | Views : 2210

कोही नभएको मौकामा बिरामीलाई विष प्रयोग गरि हत्या गर्ने जापानी नर्स पक्राउ

टोकियो ।

बिरामीको स्वास्थ्य हेरचाहको लागि खटिएकी एक जापानी नर्सले उल्टै विष प्रयोग गरि दुई जना बिरामीको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

सन् २०१६ को सेप्टेम्बरमा आफु काम गर्ने अस्पतालमा भर्ना भएका बिरामीलाई सहकर्मी नभएको मौका पारेर विषाक्त पदार्थ प्रयोग गरि हत्या गरेको घटनामा आयुमी कुवोकि नाम गरेकी नर्स पक्राउ परेकी हुन् ।

पक्राउ परेकी नर्समाथि ८८ बर्षीय बिरामी र अर्का एकको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।

ओगुची अस्पतालमा उनले सँगै काम गर्ने नर्स अन्य बिरामीको रेखदेख गर्न तथा आराम गर्न गएको मौका पारेर सो घटना गराएको बताएको अनुसन्धानमा खटिएका अधिकारीहरुले बताएका छन् ।

पूर्व नर्स आयुमीलाई हत्या अभियुक्त आरोपमा सोमबार पक्राउ गरि अभियोजन दर्ता गरिएको छ ।

यसअघि समेत एक ३१ बर्षीय नर्सलाई ८८ बर्षीय बिरामीको हत्या आरोपमा पक्राउ गरिएको थियो ।