(Japan) 20 th April | 2024 | Saturday | 5:24:15 PM || (Nepal) 2:09:15 PM
 
 


टोकियोमा आज मात्र ९८ जना कोरोना संक्रमित पुष्टि

Prakash Panta   POSTED ON : Monday, 21 September, 2020 | Views : 1952

टोकियोमा आज मात्र ९८ जना कोरोना संक्रमित पुष्टि


टोकियो, जापान ।

टोकियो महानगरमा सेप्टेम्बर २१ तारिख दिउँसो ३ बजेसम्ममा मात्र ९८ जना नयाँ कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।

महानगरका अनुसार सेप्टेम्बर १४ तारिखपछी टोकियोमा आज पहिलो पटक एक सयभन्दा कम संख्यामा कोरोना संक्रमित पुष्टि भएका हुन् ।

आज पुष्टि भएका कोरोना संक्रमितहरुमा १० देखी ८० बर्ष उमेर समुहका रहेको महानगरले जनाएको छ ।

आज थपिएका सहित टोकियोमा कोरोना संक्रमितको संख्या २४ हजार ३ सय ६ पुगेको छ । टोकियोमा हाल उपचार गराईरहेका मध्ये २७ जना कोरोना संक्रमित गम्भिर बिरामी रहेका छन् ।

२१ हजार ४ सय ७२ जना कोरोनाका बिरामी भने निको भएर डिस्चार्ज भईसकेका छन् ।