(Japan) 26 th February | 2020 | Wednesday | 2:58:47 PM || (Nepal) 11:43:47 AM
 
 

कोरोना भाईरस सर्ने सम्भावना भएकाले चिनियाँ बिमानमा यात्रा र चीन भ्रमणमा नजानुहोला

Gokarna Adhikari   POSTED ON : Monday, 27 January, 2020 | Views : 1192

कोरोना भाईरस सर्ने सम्भावना भएकाले चिनियाँ बिमानमा यात्रा र चीन भ्रमणमा नजानुहोला


टोकियो, जापान ।

चीनबाट फैलिएको ज्यानमारा कोरोना भाईरसको अहिलेसम्म पूर्ण रुपमा औषधि पत्ता लागेको छैन ।

औषधि नभएकै कारण यो रोगबाट संक्रमित ८० जनाको हप्तादिन भित्रमा मृत्यु भईसकेको छ । ३ हजार संक्रमित भेटिएका छन् तर उनिहरुको उपचार भईरहेको बताईएपनि निको हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।

चीनको हुहान प्रान्तबाट नोवेल कोरोना भाईरस फैलन थालेको बताईएपछि यसले अहिले १४ देशलाई छोईसकेको छ ।

हुहान शहरका नागरिक, उक्त शहर भ्रमण गरेर फर्कीएका वा हुहान शहरका नागरिकको संसर्गमा पुगेकामा कोरोना भाईरस संक्रमण पाईएको छ ।

यसको अर्थ यो जनावरको मासुबाट सरेको ठानिएपनि अहिले मान्छेबाट मान्छेमा सर्न थालिसकेको छ ।

चीनको एउटा शहरबाट सुरु भएको यो भाईरसको संक्रमण १४ देशमा बिमानमा यात्रु गरेका यात्रुमार्फत पुगेको छ । त्यो पनि चिनहुँदै उडेका बिमान र अधिकाशं त चिनियाँ बिमानमा यात्रा गरेका चिनियाँ र केही बिदेशीमा ।

त्यसैले चीनले समेत हुहान शहरका नागरिकलाई शहर बाहिर जान रोक लगाएको छ भने अरुलाई उक्त शहर छिर्न दिएको छैन ।

चीनको राजधानी बेईजिगं सहित २४ शहरमा यो रोगको संक्रमण फैलिसकेको त्यहाँका अधिकारीहरुले पुष्टि गरेका छन् ।

समग्रमा चिनभर कोरोना भाईरसको संक्रमण फैलिएकाले तत्काल चीन भ्रमणमा नजानु नै यो रोगबाट बच्ने पहिलो उपाय हुने देखिन्छ ।

...

कोरोना भाईरस रोग पत्ता लाग्यो तर औषधि छैन !

दोस्रो चीन भ्रमण नगर्दैमा यसबाट बचिन्छ भन्ने देखिएको छैन । चिनियाँ बिमानमा यात्रा गर्दा चिनियाँ नागरिकहरु धेरै हुने भएकाले उनिहरुमा सो रोग सरेको रहेछ भने हामीमा पनि सर्ने सम्भावना प्रवल रहन्छ । किनभने कोरोना भाईरस एकव्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्दछ ।

हावा, खोकी, हाछ्युँ, हात मिलाउँदा वा अंकमाल गर्दा समेत सर्नसक्ने भएकाले उनिहरुको नजिक पर्ने वित्तिकै तपाईमा सर्ने सम्भावना प्रवल रहन्छ ।

बिमानभित्र मास्क लगाइराख्न पनि त्यति सम्भव नहुने र मास्क लगाउँदैमा त्यसले बचाउ गर्ने पूर्ण ग्यारेन्टि नहुने भएकाले चिनियाँ बिमान नै प्रयोग नगर्नु बुद्धिमानी हुनजान्छ ।

हाल नेपाल र जापानबाट उडान भरिरहेका तथा मुख्य चिनियाँ बिमान कम्पनीहरुमा क्याथे प्यासेफिक, क्याथे ड्रागन, चाईना ईष्टर्न, चाईना साउर्थन, चाईना एयरलाईन्स, एयर चाईना, हाईनान एयरलाईन्स, सांघाई एयरलाईन्स, सान्दोगं एयरलाईन्स, सेन्जेन एयरलाईन्स, सिचुआन एयरलाईन्स, सान्दोगं एयरलाईन्स रहेका छन् ।

नेपालबाट हिमालयन एयरलाईन्स सहित नेपाल एयरलाईन्सले समेत चीनको उडान गरिरहेकाले तत्कालको लागि चिनको बाटो हुँदै अन्य देश यात्रा गर्नुपर्ने छ भने कृपयाँ टिकट रद्द गरेर अन्य बिमान कम्पनीको टिकट लिनुनै सबैभन्दा उत्तम उपाय हुने देखिन्छ ।

...

यो सँगै चिनियाँ नागरिकहरु आउजाउ हुने स्थान, सम्भावित जोखिमको क्षेत्र तथा भिडभाडमा जाने काम समेत बन्द गर्नुपर्छ ।

किनभने कोरोना भाईरस चिनियाँ नागरिकमा धेरै पाईएको भएपनि अरुमा नसरेको र नलाग्ने होइन ।

अरु व्यक्तिमा पनि कोरोना भाईरसको संक्रमण फैलिएको हुनसक्ने भएकाले भिडभाडको यात्रा नगर्न, त्यस्तो ठाउँमा अति आवश्यक काम बाहेक नजानु सबैभन्दा राम्रो उपाय हुन्छ ।

...

तपाई जानै पर्ने अति जरुरी अवस्थामा अनिवार्य मास्क लगाएर पूर्ण रुपमा मुख ढाकेर जानुहोला । रुघा, खोकी वा ज्वरो र निमोनिया भएका शंकास्पद व्यक्तिबाट टाढै रहनुहोला । किनभने कोरोना भाईरसको मुख्य लक्षण नै यिनै हुन् ।

कोरोना भाईरस लागेपछि बाच्ने उपचार बिधि हाल नभएको तर रोग लाग्नबाट बच्ने विधि मात्र भएकाले रोग लाग्नबाट बच्नुनै एकमात्र उपाय रहेको छ ।

त्यसैले कोरोना भाईरस लागेको थाहा पाउने उपाय र बच्ने तरिका थाहा पाउन तलको समाचार पढ्न नछुटाउनुहोला ।

यो अत्यन्त जानकारीमुलक समाचार सेयर गरेर सबैलाई सचेत बनाउनुहोला । आफुपनि आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला ।