(Japan) 26 th February | 2020 | Wednesday | 4:00:01 PM || (Nepal) 12:45:01 PM
 
 

जापानमा तेस्रो कोरोना भाईरस संक्रमीत फेला, बिमानस्थलमा विशेष सतर्कता

  POSTED ON : Sunday, 26 January, 2020 | Views : 608

जापानमा तेस्रो कोरोना भाईरस संक्रमीत फेला, बिमानस्थलमा विशेष सतर्कता


टोकियो, जापान ।

जापानका स्वास्थ्य अधिकारीहरुले प्राणघातक कोरोना भाईरसबाट संक्रमित तेस्रो व्यक्ति फेला परेको पुष्टि गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार ३० बर्षिय एक चिनियाँ महिलामा कोरोना भाईरसको संक्रमण पाईएको हो ।

गत शनिवार जापान भ्रमणमा आएकी ति महिला कोरोना भाईरसको संक्रमण फैलिएको चिनको हुहान प्रान्तको भएको बताईएको छ ।

स्वास्थ्य चेकजाँचका क्रममा ति महिलामा संक्रमण भएको पाईएको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि जापानको राजधानी टोकियोमै दुईजना चिनियाँमा कोरोना भाईरसको संक्रमण भएको पाईएको थियो ।

हाल दुवैजना स्वास्थ्य लाभ गरिरहेको र उनिहरु खतरामुक्त भएको बताईएको छ ।

चिनबाट जापान भ्रमणमा आएका पर्यटक तथा चीन गएर जापान फर्कीएका चिनियाँहरुमा प्राणघातक कोरोना भाईरसको संक्रमण पाईन थालेपछि बिमानस्थलमा चेकजाँच कडाई गरिएको छ ।

राजधानी टोकियो नजिक रहेका हानेदा र नारिता सहित सबै अन्तर्राष्ट्रिय बिमानस्थलहरुमा विशेषगरि चिनियाँ मुल भुभागबाट आउनेहरुमाथि विशेष निगरानी बढाईएको छ ।

रोगको संक्रमण भएपछिपनि त्यसको लक्षण देखिन तीन देखी ७ दिन लाग्ने चिकित्सकहरुले बताएका छन् । रोग लागेरपनि लक्षण देखिन समय लाग्ने भएकाले बिमानस्थलहुँदै आउने सबै संक्रमित चेकजाँचमा पत्ता लाग्न कठिन हुने भएकाले जापानमा यो रोगप्रति विशेष सजगता अपनाउन आग्रह गरिएको छ ।

नेपालमा समेत संक्रमित व्यक्ति फेला परिसकेको कोरोना भाईरसको संक्रमणबाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ ।

विस्तृत समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्राणघातक कोरोना भाइरसको लक्षण र बच्ने उपाय यस्ता छन्, सचेत बनौं सेयर गरेर सबैलाई सजग गराऔं