(Japan) 26 th February | 2020 | Wednesday | 3:50:33 PM || (Nepal) 12:35:33 PM
 
 

जापानमा ज्यानमारा कोरोनाभाईरस संक्रमित दोस्रो व्यक्ति फेला, २६ जनाको ज्यान लिंदा हजार बढी संक्रमित

  POSTED ON : Friday, 24 January, 2020 | Views : 16226

जापानमा ज्यानमारा कोरोनाभाईरस संक्रमित दोस्रो व्यक्ति फेला, २६ जनाको ज्यान लिंदा हजार बढी संक्रमित


टोकियो, जापान ।

प्राणघातक सरुवा रोग कोरोना भाईरसबाट संक्रमित दोस्रो व्यक्ति जापानमा फेला परेका छन् ।

जापानी अधिकारीहरुले शुक्रबार बिहान यसको पुष्टि गर्दै संक्रमित व्यक्ति चिनबाटै आएको बताएका छन् ।

४० बर्षिय ति व्यक्ति चिनियाँ भएको र उनी जापान भ्रमणमा आएको अधिकारीहरुले बताएका छन् ।

जनवरी १४ देखी अस्वस्थ महशुस गरेका ति व्यक्तिले चीनमा दुईपटक स्वास्थ्य परिक्षण गराउँदा निमोनिया भएको नपाईएको अधिकारीहरुले बताएका छन् ।

जापान आएको समयमा अस्वस्थता नघटेपछि उनले गत बुधवार चेकजाँच गराउँदा शुक्रबार कोरोना भाईरसको संक्रमण पाईएको हो ।

संक्रमित व्यक्तिको टोकियो स्थित अस्पतालमा उपचार भईरहेको अधिकारीहरुले बताएका छन् । जापानमा यसअघि जनवरी १५ मा पहिलो कोरोना भाईरस संक्रमित व्यक्ति फेला परेका थिए ।

शुक्रबार मध्यान्हसम्ममा चिनमा कोरोना भाईरसबाट संक्रमित २६ जनाको मृत्यु भएको छ । ८ सय ८१ व्यक्ति संक्रमित भएको पुष्टि भएको छ । तर संक्रमितहरुको संख्या प्रमाणित भएको भन्दा दुईगुणा बढी हुनसक्ने अनुमान गरिँदा ज्यान जानेको संख्या पनी बढ्ने आशंका गरिएको छ ।

कोरोना भाईरसबाट संक्रमित व्यक्तिहरु जापान सहित थाईल्याण्ड, हगंकगं, ताईवान, अमेरिका, दक्षिण कोरिया लगायत देशमा फेला परिसकेका छन् ।

प्राणघातक कोरोना भाइरसको लक्षण र बच्ने उपाय यस्ता छन्, सचेत बनौं सेयर गरेर सबैलाई सजग गराऔं