(Japan) 26 th February | 2020 | Wednesday | 3:45:13 PM || (Nepal) 12:30:13 PM
 
 

प्राणघातक कोरोना भाइरसको लक्षण र बच्ने उपाय यस्ता छन्, सचेत बनौं सेयर गरेर सबैलाई सजग गराऔं

Gokarna Adhikari   POSTED ON : Thursday, 23 January, 2020 | Views : 12096

प्राणघातक कोरोना भाइरसको लक्षण र बच्ने उपाय यस्ता छन्, सचेत बनौं सेयर गरेर सबैलाई सजग गराऔं


टोकियो, जापान ।

मान्छेबाट मान्छेमा सर्ने प्राणघातक सरुवा रोग कोरोना भाईरसले १७ जनाको ज्यान लिंदा यसबाट ६ वटा देश प्रभावित बनिसकेको छ ।

चिनमा भेटिएको यो रोगबाट संक्रमित जापान, थाईल्याण्ड, अमेरिका, दक्षिण कोरिया, ताईवानमा समेत भेटिएका छन् ।

हालसम्म ६ सय बढी व्यक्ति संक्रमित भेटिसकिएको छ भने त्यो भन्दा धेरै व्यक्तिमा सरिसकेको अनुमान गरिएको छ ।

१ करोड १० लाख जनसंख्या रहेको चिनको वुहान शहरमा कोरोना भाईरस सुंगुरबाट मानिसमा फैलिएको आशंका गरिएको छ ।

यद्यपी विशालु गोमन सर्पबाट समेत सरेको हुनसक्ने ठानिएको छ । चिनको वुहान शहरमा विशालु गोमन सर्प पाल्नुका साथै यसको मासु समेत खाने गरेको पाईएकाले सर्पबाट सरेको हुनसक्ने पछिल्लो खवरहरु सार्वजनिक भईरहेका छन् ।

नेपालमा चिनियाँहरुको सहज आवतजावत तथा बढ्दो पर्यटक एवं जापानमा समेत सबैभन्दा धेरै पर्यटक आउने देश रहेको चिनबाट यो रोग भित्रने उच्च जोखिम रहेको छ ।

जापानमा एकजना कोरोना भाईरसबाट संक्रमित फेला परिसक्दा नेपालमा भने यसको उचित परिक्षण र चेकजाँच हुन नसक्दा प्रमाण भेटिएको छैन तर भय बढ्दो छ ।


कोरोना भाईरसले संक्रमण गरेमा यस्ता लक्षण देखिन्छन्

१. ज्वरो आउने

२. खोकी लाग्ने

३. स्वास प्रस्वासमा अप्ठेरो हुने, स्वास फेर्न गाह्रो हुने

४. छिटो छिटो स्वास फेर्नुपर्ने हुने वा छिटोछिटो स्वास लाग्ने

५. ज्वरो आएको छोटो समयमै निमोनिया हुने

६. निमोनिया बढ्दै गएर मृगौलाले काम गर्न नसक्ने हुने र मृत्यु पनि हुनसक्ने


चिकित्सकहरुले प्राणघातक कोरोना भाईरसबाट बच्न र सजक रहन भन्दै विभिन्न सुझाव दिएका छन् ।

हालसम्म चिकित्सकहरुले दिएको सुझावको आधारमा नेपाली पत्रपत्रिकामा प्रकाशित समाचार, चिनियाँ समाचार संस्था सिसिटिभी अनलाईन, बेलायती समाचारसंस्था बिबिसी तथा जापानी समाचार संस्था क्योदोले प्रकाशित गरेको कोरोना भाईरसको संक्रमणबाच बच्ने उपायहरु यस्ता रहेका छन्...

१. हातको सरसफाईमा ध्यान दिनुहोस् । हात सफा राख्नुहोस् । हातले नाक एवं मुख छोईराख्ने बानी हटाउनुहोस् ।

२. कुनैपनि रोगको बिरामी हुनुहुन्छ भने मास्क लगाउनुहोला । यसबाट बिरामीलाई अन्य रोग लाग्न पाउँदैन भने आफुलाई कसैगरी कोरोना भाईरसको संक्रमण भएको रहेछ भने पनि अरुमा सर्न पाउँदैन ।

३. भिडभाड भएको ठाउँमा अत्यन्त जरुरी अवस्थामा बाहेक नजानुहोस् । जानै पर्ने अवस्थामा मास्क लगाएर मात्र जानुहोस् ।

४. म ठिक छु भनेर हेलचेक्राई नगर्नुहोस् । तपाई बिरामी नभएपनि अरु बिरामी हुनसक्छन् । अरुबाट तपाईलाई रोग सर्न सक्छ त्यसैले सार्वजनिक स्थानमा जाँदा वा मानिसहरुसँग घुलमिल हुँदा मास्क लगाउन नभुल्नुहोला ।

५. हाच्छिउँ गर्दा वा खोक्दा मुख छोपेर गर्नुहोला । तपाईले वा अरुले खोक्दा वा हाच्छिउँ गर्दा संक्रमण फैलनसक्छ । किनभने मास्क लगाउँदैमा पूर्ण रुपमा संक्रमण छेक्दैन । त्यसैले भाईरसको सक्रमण फैलन नदिन रुघाखोकी लागेको वा गरिरहेको व्यक्ति नजिक नजानुहोला र आफुले पनि नगर्नुहोला ।

६. अण्डा र मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र खानुहोस् ।

७. माथि उल्लेखित कुनैपनि रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य केन्द्र गएर स्वास्थ्य परिक्षण गराउनुहोस् ।

८. कोरोना भाईरसबाट संक्रमित व्यक्तिको नजिक नजानुहोला । संक्रमण भएको पत्ता लागेमा वा आशंका भएमा तत्काल स्वास्थ्य केन्द्रको सल्लाहमा उपचार गर्नुहोला ।

९. जो कोहीसँग भेट्दा वा छुटिट्ंदा अंकमाल वा हात मिलाउने नगर्नुहोस् । नमस्कार गर्ने बानी बसाल्नुहोस् । नमस्कार गर्ने बानीले तपाईलाई सँधै सरुवाजन्य रोगबाट बचाउन सहयोग गर्नुका साथै तपाईको सभ्यता समेत झल्कन्छ ।