(JAPAN) 18 th November | 2019 | Monday | 5:38:37 PM
(Nepal) 18 th November | 2019 | Monday | 2:23:37 PM
 

डा. भगवान कोईराला मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त

  POSTED ON : Monday, 04 November, 2019 | Views : 64

डा. भगवान कोईराला मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त


काठमाडौं ।

नेपाल सरकारले डा. भगवान कोईरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ‌ओली आईतबार बिहाज शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कर्डियोथोरासिक एण्ड भस्कुलर सेन्टरमा स्वास्थ्य परिक्षण गराएर फर्किएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

डा. कोइरालालाई शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो ।