(JAPAN) 16 th October | 2019 | Wednesday | 6:39:10 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:24:10 PM
 

जापान नर्सिङ केयर गिभरमा आउन नयाँ नियम आयो, पहिले ग्रोला प्रथा अनि परीक्षा

  POSTED ON : Monday, 30 September, 2019 | Views : 78

जापान नर्सिङ केयर गिभरमा आउन नयाँ नियम आयो, पहिले ग्रोला प्रथा अनि परीक्षा


टोकियो, जापान ।

बैदेशिक रोजगारीका क्रममा जापानमा नर्सिङ केयर गिभरमा आउन चाहने नेपालीहरुको लागि नयाँ नियम आएको छ ।

जापान जान चाहने नेपाली युवाहरुले कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथा जित्नुपर्ने नयाँ नियम आएको छ ।

जापानले नयाँ भिषा प्रक्रिया अन्र्तगत नेपालबाट कामदार लिन सुरुवात गर्ने क्रममा स्पेसिफाइड स्किल्ड वर्कर 'एसएसडब्लु' अन्तर्गत नर्सिङ केयर गिभरमा नेपाली कामदार लिने प्रक्रिया पहिलो चरणमा अघि बढाएको छ । जस अनुसार जापान आउन चाहने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुनुअघि गोला प्रथा जित्नुपर्ने छ ।

यसबारेमा जापान फाउन्डेसनले सूचना प्रकाशित गर्दै भाषा परीक्षामा एक हजार जनालाई मात्र सहभागी गराउन सकिने जनाएको छ । जापान जाने भाषा परिक्षामा सहभागी हुन करिव चारहजारको संख्यामा सहभागी हुने अनुमानपछि जापान सरकारले हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने बताएको छ ।

पहिले फाराम भर्ने एक हजार जनालाई मात्र परिक्षामा सहभागीता गराउने बताएपनि त्यसमा पारदर्शी नहुने देखिएपछि जापान फाउण्डेशनले सबै फाराम बुझेर गोलाप्रथाबाट एकहजार जनाको नाम प्रकाशित गर्ने भएको हो ।

जापान सरकारले एसएसडब्लु अन्तर्गत नेपालमा भाषा परिक्षाको सबै जिम्मेवारी जापान फाउन्डेसनलाई दिएको छ । भाषा परीक्षणमा सहभागी हुनेको नामावली गोलाप्रथाबाट छनोट पछि जापान फाउन्डेसनले आफ्नो वेबसाइटमा नाम प्रकाशित गर्ने भएको छ ।

फाउण्डेसनले शुक्रबार 'असोज १०' गतेबाट अनलाईन आवेदन फारम खुल्ला गरेको छ ।

केयर गिभरमा जापान जान चाहनेले गत शुक्रबारदेखि आगामी अक्टोबर ३ तारिख बिहिवारसम्म आवेदन भर्न सक्नेछन् ।

आवेदन दिएका मध्ये गोलाप्रथाबाट छनौट भएका एकहजार जनाको नाम प्रकाशित हुनेछ । गोला प्रथामा परेका परिक्षार्थीको नाममा फाउन्डेसनले इमेल समेत गर्ने बताएको छ ।

फाउन्डेसनले यसअघि नै अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणमा भाषा परीक्षा लिने जनाएको सूचना जारि गरिसकेको छ ।

त्यसपछि दोस्रो चरणमा नोभेम्बर ५ देखि ७ र तेस्रो चरणमा नोभेम्बर १२ देखि १४ सम्म भाषा परीक्षण गर्नेछ ।

परिक्षामा सहभागी मध्ये जापान जानको लागि योग्य हुन कम्तिमा ६० प्रतिशत अंक ल्याउनुपर्ने नियम जापान फाउन्डेसनले बताएको छ ।

भाषा परीक्षामा ६० प्रतिशतभन्दा बढी ल्याएका मध्ये उत्कृष्ठ अंकबाट क्रमश कम अंक ल्याउने क्रमश बाँकी प्रक्रिया पुरागरेपछि जापान जान सक्नेछन् ।

परिक्षा र नतिजा प्रकाशन सहित सबै प्रक्रिया पुरा गरेर सन् २०२० को जनवरी भित्रमा नेपालबाट जापानको नयाँ भिषा प्रणाली अन्र्तगत पहिलो कामदार टोली जापान पठाउने लक्ष्य जापान फाउण्डेशनले बनाएको छ ।