JAPAN: 13 th December | 2019 | Friday | 7:54:12 PM || Nepal: 4:39:12 PM
 
 

जापानमा बृद्धबुद्धाको आयु बढ्यो, पुरुषको आयु ८१ बर्ष-महिलाको ८७ बर्ष

Jack Khadka   POSTED ON : Wednesday, 14 August, 2019 | Views : 284

जापानमा बृद्धबुद्धाको आयु बढ्यो, पुरुषको आयु ८१ बर्ष-महिलाको ८७ बर्ष


टोकियो, जापान ।

जापानमा महिला र पुरुषको आयु बढेर अहिलेसम्मकै बढी पुगेको छ ।

जापानको स्वास्थ्य तथा कल्याण मन्त्रालयका अनुसार गत बर्ष जापानी नागरिकको आयु अहिलेसम्मकै बढी पाईएको हो ।

जापानी नागरिकको आयु बढेर सन् १९८९ को तुलनामा पाँच बर्ष बढेको छ ।

सन् १९८९ मा तीन दशक लामो हेईसेई युग सुरु भएको थियो ।

हेईसेई युग गत बर्षसम्म कायम रहेकोमा यस बर्षबाट भने जापानमा नयाँ राजाको आगमनसँगै रेईवा युग सुरु भएको छ ।

मन्त्रालयका अनुसार गत बर्ष पुरुषको तुलनामा महिलाको औषत आयु ६ बर्ष बढी पाईएको छ ।

महिलाको आयु औषतमा ८७.३२ बर्ष रहेको छ भने पुरुषको आयु ८१.२५ बर्ष रहेको छ ।

विश्वभर महिलाहरुको उच्च आयु हेर्दा जापानी महिलाको आयु हंगकंगपछि दोस्रो स्थानमा पुगेको छ ।

जापानी पुरुषको आयु भने तेस्रो स्थानमा रहेको छ । विश्वमा सबैभन्दा धेरै उमेरसम्म बाँच्नेमा हंककंगपछि स्विजरल्याण्डका पुरुषहरु रहेका छन् ।

जापानभित्रकै औषत आयु हेर्दा जापानमा महिला र पुरुष दुवैको आयु लगातार सातौं बर्ष बढेको हो ।

जापानी अधिकारीहरुले विगत ३० बर्षको अवधिमा जापानी नागरिकको औषत आयुमा आएको बृद्धिलाई हेईसेई युगमा जापान सरकारले स्वास्थ्य क्षेत्रमा गरेको सुधारलाई मुख्य कारण जनाएका छन् ।

यसैगरि नागरिकका बढेको स्वास्थ्य सचेतता र बृद्धबृद्धाहरुलाई सरकारले प्रदान गर्ने स्वास्थ्य उपचार तथा सुविधाका कारण जापानी नागरिकको आयु बढेको हो ।

जापानी अधिकारीहरुले स्वास्थ्य क्षेत्रमा सरकारले गरेको लगानी र उपलब्ध सेवा सुविधाका कारण आगामी बर्षहरुमा जापानी नागरिकको औषत आयुमा थप बृद्धि हुने अपेक्षा समेत गरेका छन् ।