(JAPAN) 16 th October | 2019 | Wednesday | 7:44:02 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:29:02 PM
 

जापानमा प्राणघातक ईबोला ! साईतामा प्रिफेक्चरमा एक महिलामा ईबोलाको संकेत

  POSTED ON : Sunday, 04 August, 2019 | Views : 187

जापानमा प्राणघातक ईबोला ! साईतामा प्रिफेक्चरमा एक महिलामा ईबोलाको संकेत


साईतामा, जापान ।

जापानमा एक ७० बर्षिय महिलामा प्राणघातक मानिएको ईबोला भाईरसको संक्रमण भएको आशंका गरिएको छ ।

दक्षिण अफ्रिकी देशहरु हुँदै सियरालियोन र लिबेरिया लगायत देशमा फैलिएको प्राणघातक ईबोलाको संक्रमण भर्खरै अफ्रिकी देश कंगोबाट फर्कीएकी जापानी महिलामा सरेको आशंका जापानी अधिकारीहरुले गरेका छन् ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार हरेक दिन ३९ डिग्रि भन्दा माथि तापक्रमण पाईएको उनको शरिरमा गत शनिवार साँझ ७ बजे समेत ३९।२ डिग्रि तापक्रम पाईएको थियो ।

अस्वाभाविक तापक्रम तथा संभावित रोगका लक्षणहरु हेर्दा ईबोला भाईरसको संक्रमण भएको आशंका उनको स्वास्थ्य परिक्षण र उपचार थालिएको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले महिलाको नाम गोप्य राख्दै उनको स्वास्थ्य परिक्षण चलिरहेको बताउँदै ईबोलाको संक्रमण नभएको पनि हुनसक्ने बताएको छ । जापानी समाचार संस्था जापानटाईम्सले ती महिला गत जुलाई ३१ तारिखमा कंगोबाट जापान फर्कीएको उल्लेख गरेको छ ।