(JAPAN) 16 th October | 2019 | Wednesday | 7:30:28 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 4:15:28 PM
 

स्वास्थ्य प्रणाली सुदृढ गर्न जापान-नेपाल चिकित्सा सम्मेलन

  POSTED ON : Sunday, 04 August, 2019 | Views : 225

स्वास्थ्य प्रणाली सुदृढ गर्न जापान-नेपाल चिकित्सा सम्मेलन


काठमाडौं, नेपाल ।

‘स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न जापान–नेपालमैत्री’, नारासहित पहिलो जापान-नेपाल चिकित्सा सम्मेलन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

नेपालस्थित जापानी दूतावासको सहयोगमा जापान ग्राजुवेटड मेडिकल डक्टर्स 'जाग्राम' ले आयोजना गरेको सम्मेलनमा जापानमा चिकित्साशास्त्र अध्ययन गरी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत डाक्टर र जापानबाट आएका चिकित्सकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम उद्घाटन गर्दै नेपालका लागि जापानी राजदूत मासामिची साईगोले जापानमा अध्ययन गरेका डाक्टरहरुले नेपालको चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्‍याइरहेको बताउनुभयो ।

क्षयरोग नियन्त्रणमा नेपाल–जापानको सहयोगबारे सम्मेलनमा डा.यासुहिको सुजुकीले प्रकाश पार्नुभएको थियो ।

यस्तै सम्मेलनमा डा.ओसामु नाकागोमी, डा.हिरोटोमो यामानासी, डा.युको टाकेडा, डा.इको कानेडा, डा.साओरी कासिमा, डा.तोयको नाकागोमी, डा.जिम्वा मासामिनेले समेत स्वास्थ्यका विभिन्न विषयमा प्रस्तुति राख्नुभएको थियो ।

जापानमा अध्ययन गरेर नेपालका स्वास्थ्य संस्थामा कार्यरत नेपाली डाक्टरहरु मुख्तार आलम अन्सारी, नविन बस्नेत, मिलन गौतम, विमल पन्थी, मनोज बोहरा, प्रविण श्रेष्ठ, वसन्त पन्त, रामेश्वर पोखरेल, नारायणबहादुर बस्नेत, धान्सु केसी, अमित खनाल, वासुदेव पाण्डे, प्रकाश रेग्मी, गोपी अर्याल, योगेन्द्रप्रसाद सिंह, निर्मल पन्थी लगायतका नेपाली चिकित्सकहरुले स्वास्थ्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।