(JAPAN) 18 th June | 2019 | Tuesday | 4:36:56 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 1:21:56 PM
 

एनआरएनए जापानद्धारा जुन २९ मा रक्तदान कार्यक्रम आयोजना, जीवनदान मानिने रक्तदान गर्न यो ठाउँमा जानुहोस्

Sajina Moktan   POSTED ON : Saturday, 08 June, 2019 | Views : 158

एनआरएनए जापानद्धारा जुन २९ मा रक्तदान कार्यक्रम आयोजना, जीवनदान मानिने रक्तदान गर्न यो ठाउँमा जानुहोस्


टोकियो, जापान ।

गैर आवासिय नेपाली संघ जापानले आगामी जुन २९ तारिखमा राजधानी टोकियोमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

'रक्तदान जिवन दान' भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै संघले जुन २९ तारिखका दिन रक्तदान कार्यक्रमको आयोजना राखेको जनाएको छ ।

परिषदले आवस्यक तयारी र सहजिकरणको लागि निरा उपाध्यायलाई संयोजकको जिम्मेवारी दिएको छ ।

रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन जापानी समुदायमा नेपालीहरुको सकारात्मक र नेपाली पहिचाहनलाई स्थापित गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको संघका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

रक्तदान जस्तो सामाजिक कार्यक्रम गरेर स्थानिय जापानीहरुसंगको भाईचारा बढाउन योगदान पुग्ने बिस्वास अध्यक्ष टासि वाङदी लामाले व्यक्त गरे । अध्यक्ष लामाले यसै सुचनालाई आधार मान्दै रक्तदानमा उपस्थित भईदिनुहुन जापानवासी नेपालीहरुमा अनुरोध समेत गरेका छन् ।

रक्तदान कार्यक्रम जापान रेडक्रश टोक्यो मेट्रोपोलितीयन ब्लड सेंटर ओएदो लाइन वाकामात्चू खवादा स्टेशनमा हुने भएको छ ।

रक्तदान कार्यक्रम अपरान्ह १२ बजेबाट साँझ ४ बजेसम्म जारी रहने भन्दै एनआरएनए जापानले सहभागीता र सहयोगको लागि जापानवासी नेपालीहरुमा अनुरोध गरेको छ ।

रक्तदानमा सहभागी हुन ईच्छुक व्यक्तिहरुले कार्यक्रम संयोजक निरा उपाध्यायलाई ०८०-३५३५-८१७७ मा संम्पर्क गरेर समेत सहभागीता जनाउन सक्नुहुनेछ ।