(JAPAN) 18 th June | 2019 | Tuesday | 3:45:29 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:30:29 PM
 

जापानभर उखरमाउलो गर्मी बढ्दो-होक्काईदोमा ३७ डिग्रि नाघ्यो, गर्मीबाट बच्न यसो गरौं

Jack Khadka   POSTED ON : Sunday, 26 May, 2019 | Views : 509

जापानभर उखरमाउलो गर्मी बढ्दो-होक्काईदोमा ३७ डिग्रि नाघ्यो, गर्मीबाट बच्न यसो गरौं


टोकियो, जापान ।

जापानभर चर्को घामसँगै बढेको उखरमाउलो गर्मीका क्रममा होक्काईदोमा तापक्रमले उच्च रेकर्ड बनाएको छ ।

आईतबार अपरान्ह होक्काईदोमा ३७ डिग्रि तापक्रम रेकर्ड गरिएको छ ।

जापानको मौसम अनुसन्धान संस्था मेटोरोलोजिकल एजेन्सीका अनुसार होक्काईदोको ओबिहिरो शहरमा मध्यान्ह ३७.५ डिग्रि तापक्रम मापन गरिएको छ ।

मौसम अधिकारीहरुले आगामी दिनमा तापक्रम थप बढ्ने बताएका छन् ।

जापानको ज्यानमारा गर्मी आईतबार पनि उस्तै हुने, नागोयामा १ सय २८ बर्ष यताकै चर्को गर्मी

मौसम अधिकारीहरुले जापानभरको औषत तापक्रम दिनमा ३५ डिग्रि माथि रहेको उल्लेख गरेका छन् ।

मध्य टोकियोमा आईतबार अपरान्ह ३३ डिग्रि तापक्रम मापन गरिएको छ ।

अधिकारीहरुले जापानभरको तापक्रम बढ्दो क्रममा रहेको बताउँदै दिनमा चिसो मौसममा रहन तथा वातानुकुलित अवस्थामा रहन सूझाव दिंदै अत्याधिक तातोबाट जोगिन आग्रह गरेका छन् ।

जापानमा गर्मीले लियो ७७ जनाको ज्यान, ३० हजार अस्पताल भर्ना 

स्मरणीय छ जापानभर गत बर्ष अहिलेसम्मकै उच्च गर्मी रेकर्ड गरिएको थियो ।

उच्च गर्मीकै कारण गत बर्ष करिव एक महिना जापानभरको जनजीवन नराम्ररी प्रभावित भएको थियो भने कयौंको निधन समेत भएको थियो ।

जापानमा गर्मीको प्रकोप कायमै, गर्मीबाट बच्न प्रशस्त पानी, चिसो हावा सहित आराम र नुन प्रयोग उत्तम