(JAPAN) 18 th June | 2019 | Tuesday | 3:38:39 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:23:39 PM
 

क्योटो यूनिभर्सिटीले क्यान्सर इम्युनोथेरेपी केन्द्र स्थापना गर्ने

Sajina Moktan   POSTED ON : Saturday, 18 May, 2019 | Views : 95

क्योटो यूनिभर्सिटीले क्यान्सर इम्युनोथेरेपी केन्द्र स्थापना गर्ने


क्योटो, जापान ।

जापानको क्योटो विश्वविद्यालयका नोबेल लाउरेन्ट हनुजूको नेतृत्वमा एक क्यान्सर इम्युनोथेरेपी शोध केन्द्रको स्थापना गर्ने भएको छ ।

क्योटो यूनिभर्सिटीका प्रोफेसर हन्जोले फिजियोलोजी र मेडिसिनमा गत वर्षको नोबेल पुरस्कार जितेका थिए ।

उनले नकारात्मक प्रतिरक्षा विनियमनको दमन गरेर क्यान्सर उपचारको खोजी गरेका थिए । जापानी समाचार संस्थाहरुका अनुसार विश्वविद्यालयले सरकारलाई अर्को वर्ष नयाँ केन्द्र निर्माण गर्न बजेट अनुरोध गर्ने भएको छ ।

अनुसन्धानकर्ताहरूले आधारभूत अनुसन्धानबाट लागू औषधि विकास, क्लिनिकल अनुप्रयोगहरू र चिकित्सकिय प्रशिक्षणको विस्तृत गतिविधि प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

नयाँ केन्द्रलाई व्यवस्थित बनाउने क्रममा विश्वविद्यालयले पाँच वर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

जापानको स्वास्थ्य मन्त्रलयका अनुसार निर्माण सम्पन्न भएपछि यो नै जापानको पहिलो बृहत खालको आर एण्ड डि क्यान्सर ईम्युथेरेपी केन्द्र हुनेछ ।