(JAPAN) 18 th June | 2019 | Tuesday | 4:10:50 PM
(Nepal) 18 th June | 2019 | Tuesday | 12:55:50 PM
 

जापानको स्वास्थ्य बीमा कानून बिदेशीका लागि केही कडा बन्दै, भिषा थपगर्न समस्या छैन !

  POSTED ON : Thursday, 16 May, 2019 | Views : 4738

जापानको स्वास्थ्य बीमा कानून बिदेशीका लागि केही कडा बन्दै, भिषा थपगर्न समस्या छैन !



टोकियो ।

जापानले संशोधन गर्न लागेको स्वास्थ्य बीमा नीतिले जापानमा रहेका नेपाली सहित विदेशी नागरिकलाई प्रत्यक्ष असर नपार्ने भएको छ ।

जापानमा रहेका बिदेशी नागरिकहरुलाई जापानको स्वास्थ्य बीमा कानूनमा हुने संशोधनले असर नपारेपनि उनिहरुमा आश्रित परिवारका सदस्य जो जापान आएका छैनन् उनिहरुको लागि भने केही प्रभाव पार्ने भएको छ ।

जापानले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई कामदार र जापानमा बस्ने उनीहरुका डिपेण्डेण्टहरुले बढी लाभ लिन सकुन् भन्नको लागि केही विषयमा मात्र संशोधन गर्न लागेको हो । संशोधन अनुसार जापान कहिल्यै नआएका जापानमा रहेका व्यक्तिको परिवार तथा आफन्तलाई यस्तो सुविधा लिनबाट रोक्न नयाँ नीतिले काम गर्ने बताईएको छ ।

हाल लागू स्वास्थ्य बीमा प्रणालीमा कामदारको विदेशमा बस्ने आश्रित सदस्यलाई समेत समेटेको छ । यस्तो व्यवस्थाले वास्तविक आश्रित भन्दा बाहिरका व्यक्तिले लाभ लिने र त्यसको भार जापानको स्वास्थ्य बिमामा पर्ने भन्दै संशोधन गर्न लागिएको बताईएको छ ।

संशोधनपछि पछि स्वास्थ्य बीमा प्रमाणपत्रको स्थानमा माइ नम्बर कार्ड भनिने राष्ट्रिय परिचय पत्र पेश गरेपनि हुनेछ । साथै मेडिकल र नर्सिङ केयरको तथ्यांकलाई समेत बिमामा समेट्ने तयारी सरकारले गरेको छ ।


बिमा रकम भूक्तानी र भिषा नविकरणबारे संशोधन मौन


बिमा रकम नतिर्ने बिदेशीहरुको भिषा अवधि थप गर्न नहुने माग जापानको संसदमानै उठेपनि यसबारेमा जापान सरकारले कुनैपनि निर्णय गरेको छैन ।

जापानी अधिकारीहरुलाई समेत स्वास्थ्य बिमाको रकम तिर्न बाध्य बनाउनेगरि नीति बनाउन दबाव रहेपनि नयाँ संशोधन हुने विषयमा समेत यो कुरा मौन रहने देखिएको छ ।

यसको अर्थ हालकै जस्तो स्वास्थ्य बिमा रकम भूक्तानीले भिषा नविकरणमा प्रत्यक्ष असर पार्ने सम्भावना कम रहेको छ ।

यस बिषयमा क्योदो समाचार संस्थालाई उदृत गर्दै जापानटाईम्समा प्रकाशित समाचारमा समेत कुनै विषय नसमेटिएको उल्लेख छ ।

समाचारमा जापानमा जन्मदरमा लगातार ओरालो तथा बृद्ध उमेरका नागरिकको संख्यामा लगातार बृद्धि भईरहँदा सरकारले बिदेशी कामदार ल्याउन लागेको समयमा यस्तो नीतिमा परिवर्तन हुन लागेको उल्लेख छ ।

सरकारले असम्वन्धित व्यक्तिको लागि सरकारी रकम खर्च हुनबाट रोक्न नयाँ नीति ल्याउन लागेको समाचारमा जनाईएको छ ।

कामगर्न सक्ने युवा जनशक्तिको अभाव बढ्दै जाँदा जापानले गत अप्रिल महिनाबाट नर्सिगं, डाक्टर, कानुविद्ध, विशेष क्षमता भएका बिदेशी कामदार सहित दक्ष कामदार ल्याउने प्रक्रिया अगाडी बढाएको छ । जसमा नेपाल सहित ९ देशलाई नयाँ भिषा प्रणालीमा कामदार ल्याउने देशमा समेटिएको छ ।